०५ फागुन २०८१
काठमाडौं- केहि वर्ष यता शान्त रहेको काठमाडौं उपत्यकामा फेरि गुन्डाराज फर्किएको छ । प्रहरी इन्काउन्टरपछि लुकि भागि हिडेका गुन्डा नाइके र तिनका पिउसाहरु फेरि राजनीतिक आडमा सक्रिए भएका छन् ।
गत माघ २४ गते एमाले निकट गुन्डाहरुले सर्वसाधरण होइन प्रहरीमाथि नै स्तरको हर्कत गरे । लखेटी लखेटी मरणसन्न हुनेगरी कुटपिट गरे । सडकमै हो हल्ला गर्दै हिँडेका उनीहरुलाई किन यस्तो गरेको भनेर सोध्दा सिधै प्रहरी टोलीमाथि नै यो समूह जाइ लागेको थियो ।
ठमेलमै एक वर्ष अघि सानुभाई भनिने युवराज गुरुङले क्लव भित्रै छिेरेर त्यसका सञ्चालकमाथि आक्रमण गरेका थिए । ठमेलका क्लवहरुबाट हप्ता असुल्दै आएका उनले पैसा दिन आनाकानी गरेकै कारण यसरी आक्रमण गरेका थिए ।
यीनको आतंक यतिमै रोकिदैन् । गत वर्षको माघमा फेरि ठमेलमा यीनले अर्को वितण्डा मच्चाउछन् । ठमेलको छाया सेन्टरको पार्किङमा सानुभाइको समूहको आक्रमणबाट एक जना गम्भीर घाइते हुन्छन् । सानुभाई भनिने युवराज गुरुङ यसअघि पनि थुप्रै आपराधिक घटनामा जोडिएका पात्र हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगीका रूपमा चिनिएका व्यक्ति हुन् ।
लामिम्पाटको यो घटना पनि हेर्नुहोस् । गत कार्तिक ११ गते दिउँसो लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि यसरी रड प्रहार भएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि यसरी आक्रमण गर्ने ब्यक्तिहरु दिपक मनाङेका स्वकीय सचिव टिका भण्डारी र विक्रमकै भाउजु लक्ष्मी राईले भाडामा खटाएका गुण्डाहरु भएको खुलेको छ ।
दिन दाहाडै यसरी आक्रमण गरेर आफूूहरु फेरि सक्रिय भएको संकेत गरेका गुण्डाहरुले सामाजिक सञ्जालमै हतियार प्रदर्शन गरेर आतंक सृजना गर्न खोजेका छन् । केक काट्ने बहानामा रवाफ देखाउने र यसरी हतियार प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले खोरमा जाकेको छ । पक्राउ मध्येका सातै जनाको लगाइखुवाई र हाउभाउ सामान्य सर्वसाधरणभन्दा ‘एलिट’ देखिन्छ । आतंक सिर्जना गरेर तरबार र खुकुरी नचाउँदै असभ्य शैलीमा केक काटेको भिडियो फेसबुक र टिकटकमा राखेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
हप्ता असुली गर्ने, डान्सबार भित्रै पसेर मान्छे कुट्ने । पार्कदेखि पार्किङसम्म मरणासन्न हुने गरी आक्रमण गर्ने । तरवारले केक काटेर हतियार प्रदर्शन गर्ने । यस्ता अनेकन हर्कत गरेर गुण्डा नाइके र तिनका शिष्यहरुले फेरि आतंक सृजना गरिरहेका छन् । गुण्डाहरु जसरी सल्बलाएका छन् प्रहरी पनि उसैगरी आक्रमक बन्ने तयारीमा जुटेको छ । समाजलाई तर्साउने र सञ्जालमा तमासा देखाउने गुण्डा नाइकेहरुलाई घर घरबाटै थुतेर बुट बजार्ने तयारी गरेको छ । एक एक गुण्डाहरुको प्रोफाइल तयार गरेको प्रहरीले यीनको हातमा हत्कडी मात्रै होइन परि आए इन्काउन्टर गर्नेसम्मको रणनीति बनाएको छ ।
कुनै समय काठमाडौं उपत्यमा गुन्डा नाइकेहरुको आतंक यसरी मौलाएको थियो यीनको इच्छा विपरित कुनै व्यापारीले केहि कामै गर्न सक्दैनन थिए । ढुंगा गिट्टी, खानी उत्खनन्, पार्किङदेखि पार्कसम्मको ठेक्का पट्टामा यीनकै राज चल्थ्यो । हप्ता असुलीदेखि मान्छे उठाउनेसम्मको धन्दा यीनीहरुले सहजै चलाउँदै आएका थिए । यीनको कृयाकलाप प्रहरीले देखे पनि नदेखे झै गर्नु पथ्र्यो । किनकी अधिकांश गुन्डाहरुलाई राजनीतिक दलहरुको संरक्षण थियो । दिपक मनाङे हुन् की चक्रे मिलन, दिपक लामा हुन की राधे भण्डारी, दिनेश अधिकारी चरी हुन की कुमार घैटे । यी सबैलाई राजनीतिक दलको संरक्षण थियो ।
तर, राजनीतिक जालो तोडेर प्रहरीले २ जना गुन्डा नाइकेलाई इन्काउन्टरमा मारिदियो । २०७१ साउनमा चरी र २०७३ भदौमा कुमार घैटे को इन्काउन्टरमा मृत्यु भयो । चरीको इन्काउन्टरमा एमालेले संसद्मा हंगामा मच्यायो, घैटेको इन्काउन्टर हुँदा कांग्रेसले सडक र सदनमै विरोध प्रदर्शन गर्यो । त्यसका बाबुदुज पनि नहच्किएको प्रहरीले २०७४ फागुनमा अर्का गुन्डा नाइके मनोज बुढामगरलाई पनि ईन्काउन्टरमै मारिदियो ।
यसपछि काठमाडौंमा संगठित गुण्डागर्दी गर्ने समूह तितरवितर मात्रै भएनन, उनीहरूले आफ्नो कार्यशैलीलाई नै परिवर्तन गरे । झण्डै एक वर्ष गुण्डाहरूको भागाभाग नै भयो । प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले वैकल्पिक पेशा रोज्न थाले ।
दिपङ मनाङे राजनीतिमा आए सांसद् हुँदै मन्त्रीसम्म बने र अन्ततः २० वर्ष अघिको गुण्डागर्दीको हर्कतले अहिले जेल चलान भएका छन् । काभ्रेली गुण्डा नाइके गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । जितेन्द्रमान तामाङ उर्फ दावा लामा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए । राधे भण्डारी धादिङमै ठेक्कापट्टामा छन् । बाघे आफ्नै ठेक्कापट्टा र प्लटिङ व्यवसायमा छन् । राजु गोर्खाली बालुवा खानीमा ठेक्कापट्टा गर्छन् ।
‘पुराना र नाम चलेका गुण्डाहरू अहिले आ–आफ्नै पेशामा आवद्ध छन्, उनीहरूले जबरजस्ती चन्दा असुली गरेको वा फिरौती मागेको सूचना प्रहरीमा आएको छैन । तर, फेरि गुन्डागर्दी मौलाएसँगै नयाँसँगै यी पुराना गुन्डा नाइकेमाथि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निगरानी बढाएको छ । अपराध अनुसन्धान कार्यालयको गुन्डागर्दी हेर्ने ४ नम्बर पिलरले गुन्डाहरूको प्रोफाइलिङ तयार पारेको छ । प्रहरी स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयले गुन्डागर्दीमा संलग्नको आरोपमा ४५ जनाको सूची तयार पारेको छ । उनीहरूको गतिविधि निगरानी र आवश्यक परेको अवस्थामा पक्राउ गरेर कारबाही गर्नेसम्मको निर्देशन प्रहरीलाई दिइएको छ ।
प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार काठमाडौँ उपत्यकामा विभिन्न श्रेणीका १९१ जना गुण्डाहरू सक्रिय छन् । क्रियाशील गुण्डाहरूले कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउने जस्ता कार्य गर्दै आएका छन् । साना हतियारबाट सु–सज्जित भएका गुण्डाहरू विभिन्न दलका नेता र कतिपय सुरक्षा निकायकै अधिकारीको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न छन् ।
प्राप्त सूचीअनुसार उपत्यकामा क्रियाशील सबैभन्दा धेरै गुण्डा काङ्ग्रेस निकट छन् । काङ्ग्रेसछि एमालेको आडमा गुण्डागर्दी गर्नेहरू दोस्रो स्थानमा छन् भने माओवादी केन्द्र, राप्रपा र नेमकिपाको आडमा गुण्डागर्दी गर्नेहरू पनी उल्लेख्य सङ्ख्यामा रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार काठमाडौँ जिल्लामा सक्रिय १३२ गुण्डामध्ये ‘क’ वर्गका १५ जना, ‘ख’ वर्गका ३२ जना र ‘ग’ वर्गका ४७ जना रहेका छन् । १५ गुण्डाको भने श्रेणी नखुलेको बताइएको छ । ललितपुरमा ३३ जना गुण्डा सक्रिय छन् भने ‘क’ वर्गका एकजना मात्रै छन् । भक्तपुरमा क्रियाशील २४ जना गुण्डामध्ये कसैको पनि श्रेणी खुलेको छैन ।
टोले गुण्डाबाहेक अधिकांश गुण्डाहरु राजनीतिक दलहरुको संरक्षणमा छन् । यीनकै शक्तिको आडमा एक दशक अघिजस्तै गरी फेरि समाजमा आतंक फैलाउने र आफ्नो रवाफ र प्रभाव विस्तार गर्ने प्रयत्न गरिरहेका छन् । यीनका पछिल्ला हर्कतहरु हेर्दा यस्तो लाग्छ फेरि यहाँ एक दुई इन्काउन्टरको जरुरी छ ।
बालेन झापा–५ मा घरदैलो अभियानमा
चिनियाँ ठेकेदारको ८० करोडको मुद्दा सर्वोच्चको संयुक्त इजलासमा
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
मतपत्र छपाइ अन्तिम चरणमा
चुनावलाई चीनको साढे ५८ करोड
टुँडिखेलमा अमेरिकी सेना
भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
जुम्लामा एम्बुलेन्सको भाडा बढेपछि विरोध
पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो
प्रतिक्रिया