०४ पुस २०८२
काठमाडौं - बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ ।
घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन्। ६१७ ग्राम मात्रै तोलका ती शिशुको २९ गते मृत्यु भएको घोषणा गर्दै चिकित्सकले ‘शव’ आफन्तलाई जिम्मा लगाएर घर पठाएका थिए।
तर, आफन्तले घर लगेको करिब चार घण्टापछि ती शिशु जीवित रहेको संकेत पाइएपछि परिवारजनले पुनः अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याएको केहीबेरमै ती शिशुको मृत्यु भएको थियो।
सो घटनामा अस्पताल प्रशासनले माफी मागेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।निराजन सुवेदीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकबाट कमजोरी भएको स्वीकार गरेका छन्।
उक्त घटनाले शिशुका परिवारजनमा पर्न गएको पीडाप्रति अस्पताल परिवारले सहानुभूति प्रकट गरेको छ।
अस्पताल प्रशासनले चिकित्सकले मृत भनेका शिशु पछि जीवित पाइएको घटनालाई अपवाद भनेको छ। २३ हप्तामै जन्मिएका ६१७ ग्रामका ती शिशुमा अपवादको रुपमा जीवित रहेको संकेत अत्यन्त ढिलोगरि देखिएको विज्ञप्तिमा उल्लेख छ।
अस्पतालले आफ्नो क्षमतअनुसार शिशुको सही उपचार गर्न अधिकतम प्रयास गरेको भएता पनि अस्पतालको तर्फबाट बिरामीका आफन्तहरुलाई सम्भावित परिणामको बारेमा अधिकतम बुझाउनेगरि परामर्श गर्ने विषयमा कमजोरी भएको स्वीकार गरेको छ।
विज्ञप्तिमा २८ हप्ता नपुगेको र एक किलोग्रामभन्दा कम तौल भएको शिशुलाई बचाउन सक्ने सम्भावना नरहने दाबीसमेत गरिएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया