१८ असोज २०८३
काठमाडौं- संविधानमा आवासको हक लेखेका, तर जनतालाई बगरमा बस्न बाध्य बनाएका पुराना दलहरुलाई झड्का दिनेगरी बालेन शाह नेतृत्वको सरकारले संसदमा नयाँ भवन ऐन दर्ता गराएको छ। जहाँ गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान दिनेदेखि ५ लाख भुक्तानी गरेर बाँकी रकम किस्तामा तिरेर नयाँ घर बनाउन सक्ने प्रावधान छ ।
नेपालको संविधानको धारा ३७ ले स्पष्ट शब्दमा लेखिएको छ— ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ।’ तर, संविधान घोषणा भएको एक दशक बितिसक्दा पनि यो मौलिक हक केवल संविधानको पानामा र नेताका चुनावी भाषणमा मात्रै सीमित बन्यो । बहुसंख्यक विपन्न नागरिकका लागि न त सुरक्षित ओत बन्यो, न त नागरिकले राज्यबाट कुनै साथ सहयोग नै पाए । चुनाव आउँदा भोट बैंक बनाइने र चुनाव सकिएपछि नदी किनारका बगरमै छाडिने पुरानो सत्ताको रवैयालाई सीधा झड्का दिने गरी सरकारले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने प्रस्ताव गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले नागरिकको आवासको हकलाई कानुनी रूपमै ग्यारेन्टी गर्न ‘भवन ऐन २०८३’ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको छ। विधेयकमा निम्न आय भएका अति विपन्न नागरिकदेखि मध्यमवर्गीय परिवारसम्मलाई समेट्ने गरी दुईवटा मुख्य मोडल अघि सारिएका छन्।
नम्बर १। गरिब तथा विपन्न नागरिकका लागि अनुदान र राहत
७५ हजार अनुदानः अति विपन्न नागरिकलाई घर बनाउन सङ्घीय सरकारका तर्फबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार गरी कुल ७५ हजार रुपैयाँ सिधै अनुदान दिइनेछ।
निःशुल्क निर्माण सामग्रीः पहिलोपटक घर निर्माण गर्ने र गोठ बनाउन आवेदन दिने नागरिकलाई सरकारले तोकेको टाइप डिजाइनअनुसार बालुवा, गिट्टी र ढुङ्गाजस्ता प्रकृतिजन्य निर्माण सामग्री पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनेछ।
जोखिमपूर्ण बस्ती स्थानान्तरणः बाढी, पहिरो वा विपत्को जोखिममा रहेका असुरक्षित बस्तीलाई सरकार आफैँले सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण गरिदिनेछ।
२। मध्यमवर्गीय परिवारका लागि ‘स्मार्ट घर’ योजना
वार्षिक आम्दानीका आधारमा २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने, ९ सयदेखि १ हजार ३ सय वर्गफिटका भूकम्प प्रतिरोधी र आधारभूत मापदण्ड पूरा भएका ’स्मार्ट घर’हरू सहुलियतपूर्ण ऋणमा उपलब्ध गराइनेछ।
प्रारम्भिक रुपमा ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था गरिएको छ।
त्यस्तै १० लाख रुपैयाँ अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ।
यदि यो विधेयक संसद्बाट जस्ताको तस्तै पारित भएर इमानदारीपूर्वक लागू भयो भने, यसले नेपालको आवास क्षेत्रमा दशकौँदेखि कायम विभेद र अभावको युग सधैँका लागि अन्त्य गर्न सक्छ। आवास केवल चार पर्खाल र ढलानको ओत मात्र होइनस यो नागरिकको आत्मसम्मान, टेकिरहने आधार र राज्यप्रतिको भरोसा हो। बालेन शाह नेतृत्वको सरकारले ’भवन ऐन २०८३’ मार्फत संविधानको पानामा थुनिएको हकलाई नागरिकको ढोकासम्म पु¥याउने साहसिक प्रयास त गरेको छ, तर राजनीतिक दाउपेच, नोकरशाहीको ढिलासुस्ती र क्रसर माफियाको प्रभाव पार गर्दै यो ऐन बगरमा त्रिपाल टाँसेर बसेका वास्तविक गरिबको आँगनसम्म कहिले पुग्छरु त्यो भने संसद्को आगामी यात्रा र कार्यान्वयनको मैदानमै देखिनेछ।
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया