०५ फागुन २०८१
काठमाडौं- एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्क अनुसार एक करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख ६ हजार ६९१ वटा पुगेको हो ।
जसमा एक करोडदेखि १० करोडसम्म १ लाख ७९ हजार १३१ वटा, १० करोड देखि २० करोडसम्म चुक्ता पुँजी भएका १२ हजार १६८ वटा, २० करोड रुपैयाँ देखि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका ५ हजार ६९४ वटा, ३० करोड रुपैयाँ देखि ४० करोड रुपैयाँसम्मका १ हजार ८३३ वटा र ४० करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको ४ हजार ३५२ वटा कम्पनी हरेको छ ।
त्यस्तै, चुक्ता पुँजी ५० करोड रुपैयाँ देखि ६० करोडसम्मको ८१३ वटा कम्पनी रहेका छन् भने ६० करोड रुपैयाँ देखि ७० करोड रुपैयाँसम्मको ५०९ वटा कम्पनी रहको रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्कमा देखिएको छ ।
साथै, चुक्ता पुँजी ७० करोड रुपैयाँ देखि ८० करोडसम्म ४८९ वटा, ८० करोड रुपैयाँ देखि ९० करोड रुपैयाँसम्मको २५१ वटा र ९० देखि १ अर्ब रुपैयाँसम्मको १ हजार ४५१ वटा कम्पनी रहेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।
पब्लिक कम्पनीको सङ्ख्या मात्र १ हजार ४८ वटा रहेको कार्यालयले दिएको तथ्याङ्कमा छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया