०५ असोज २०८२
काठमाण्डौ – अस्ति शुक्रवार बेलुकादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुल्न सकेको छैन । बिहानैदेखि पहिरो पन्छाउने काम भए पनि लगातारजसो पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
अहिले पनि पहिरोसँगै ढुङ्गा झरिरहेकोले सडक खुलाउन समस्या भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले पहिरो झर्न रोकिएमा अबको तीन, चार घण्टासम्ममा सडक खुलाउन सकिने बताए ।
मुग्लिनबाट झन्डै साढे दुई किलोमिटर नारायणगढतर्फ पर्ने तुईन खोलामा सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन समस्या भएको हो ।
सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया