२३ पुस २०८२
काठमाडौँ — अनलाइन माध्यमबाट व्यापार गर्ने व्यवसायीले अब अनिवार्य रूपमा बिल जारी गर्नुपर्ने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मस्यौदामा यस्तो व्यवस्था समावेश गरिएको हो।
मस्यौदाअनुसार वस्तु वा सेवाको भुक्तानी नगदमार्फत भए पनि कारोबारको विद्युतीय बिल अनिवार्य रूपमा जारी गर्नुपर्नेछ। साथै, सबै अनलाइन व्यापार व्यवसायीले व्यावसायिक कारोबारका लागि सरकारबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
अनलाइन प्लेटफर्ममार्फत व्यापार गर्ने प्रत्येक व्यवसायी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने प्रावधान राखिएको छ। निर्देशिका लागू भएपछि सञ्चालनमा रहे पनि सूचीकृत नभएका इकमर्स फर्मलाई एकपटकका लागि ३५ दिनको समय दिएर सूचीकरण गर्न विभागले सूचना जारी गर्ने उल्लेख गरिएको छ।
मस्यौदामा प्रयोगकर्ताको व्यक्तिगत विवरण सुरक्षित राख्नुपर्ने व्यवस्था पनि कडाइका साथ राखिएको छ। अनलाइन व्यापार प्लेटफर्मले प्रयोगकर्ताको विवरण एनक्रिप्टेड (सहजै पहिचान गर्न नसकिने) स्वरूपमा सुरक्षित राख्नुपर्नेछ। प्रयोगकर्ताको सूचना चुहावट भएमा वा प्रणालीमा कुनै गम्भीर समस्या आएमा तत्काल कारोबार रोक्दै विभागलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
कारोबारसँग सम्बन्धित भुक्तानी असफल भएमा सात दिनभित्र रकम फिर्ता गर्नुपर्ने प्रावधान पनि समेटिएको छ। साथै, अनलाइन प्लेटफर्ममा भ्रामक वा अतिरञ्जित सूचना प्रकाशन गर्न नपाइने स्पष्ट गरिएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया