३० साउन २०८२
काठमाडौँ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ७ नेपाली सहित २३ आप्रवासी कामदारको मृत्यु भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथेनोल मिसाइएको मदिरा सेवन गरेपछि शनिबार देखि बिहिबार सम्मको अवधिमा कुवेतमा एसियाली मुलुकका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० घाइतेहरुलाई अस्पताल भर्ना गरिएको जनाएको छ।
१६० घाइते मध्ये धेरैजसो बिरामीहरूलाई कुवेतका विभिन्न अस्पतालहरूमा सघन हेरचाह इकाईहरूमा भर्ना गरिएको, गम्भीर घाइतेहरुलाई भेन्टिलेटर र तत्काल मृगौला डायलाइसिस आवश्यक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विष नियन्त्रण केन्द्र, सुरक्षा अधिकारीहरू र सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा उच्चतम स्तरको चिकित्सा हेरचाह सुनिश्चित गर्न र निरीक्षणलाई बलियो बनाउन चौबीसै घण्टा सबै केसहरूको नजिकबाट निगरानीमा राखिएको जनाएको छ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए।
मदिरा सेवनबाट नेपालीको मृत्यु हुनु दुखद भएको भन्दै उनले अबको एक दुई दिनमै के कति नेपालीको मृत्यु भयो कति घाइते भए भन्ने विवरण प्राप्त हुने बताए। अहिले दूतावासले घटना बारे थप बुझ्ने काम गरिरहेको समेत उनको भनाई छ ।
कुवेतमा रहेको भारतीय दूतावासले पनि विषाक्त मदिरा सेवनका कारण ४० जना भारतीय नागरिक अस्पताल भर्ना गरिएको र उपचार भइरहेको जनाएको छ। अहिले कुवेतको केन्द्रिय कारागारमा रहेका ४८ जना नेपाली मध्ये अधिकांश मदिरा उत्पादन तथा बिक्रीवितरण गरेका कारण जेल परेका छन्। अनियन्त्रित मादक पेय पदार्थ सेवन गर्ने खतराहरूको ’बारेमामा जनतालाई चेतावनी दिएका छन्।
स्वास्थ्य मन्त्रालयले जनतालाई अस्पतालहरूमा सम्पर्क गरेर वा समर्पित हटलाइनहरूमा कल गरेर मिथानोल विषाक्तताको कुनै पनि शंकास्पद घटनाहरू तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको जनाएको छ । कुवेतमा मदिरा प्रतिबन्धित छ। त्यहाँको कानूनले मादक पदार्थको आयात र आपूर्तिलाई निषेध गरेको छ । व्यावसायिक उद्देश्यका लागि मदिरा आयात गर्ने वा उत्पादन गर्ने जो कोहीलाई पनि जेल सजाय हुनेछ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया