२१ असोज २०८३
काठमाडौं- ८० वर्षका शेरबहादुर देउवालाई पाखा लगाउँदै ५० वर्षका गगन थापाले नेपाली कांग्रेसको बागडोर सम्हालेपछि अहिले कांग्रेस भित्र मधेसका जुझारु युवाहरूले ’जबरजस्त’ हस्तक्षेप बढाएका छन्। जसमध्ये एक हुन्– मधेसको माटो बुझेका, मधेसको अधिकार र समृद्धिका लागि अहोरात्र खटिएका– मनिषकुमार मिश्र १ जसले कांग्रेसको १५ औँ महाधिवेशनमा मधेस क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मिश्र तिनै नेता हुन्, जो गगन थापाले मधेशप्रति देखाएको समर्पण देखेर कांग्रेसमा फर्किएका थिए । विगतमा मधेशलाई वेवास्ता गरेकै कारण पार्टीबाट बाहिरिएका उनले मधेशको चाहाना भावना मात्रै नजिकबाटै बुझेनन्, मधेश विकासको रोडम्याप समेत बनाएका थिए । अब त्यो रोडम्याप कांग्रेसबाटै साकार बनाउन सकिन्छ भन्ने ठम्याइसहित सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव जिताउन लागिपरेका थिए । गगनलाई जिताउन आफ्नो सम्पूर्ण ऊर्जा र समय खर्चिएका तिनै मिश्रलाई महाधिवेशनमा गगन थापाले पनि दरिलो साथ दिएका छन् । त्यसो त मधेशले पनि उनीजस्तै डाइनामिक ब्यक्तित्वको खोजी गरिरहेको छ । जसले मधेश बनाउन सक्ने ल्याकत राखेको होस् । उनी भन्छन्– म पदको लोभले सहमहामन्त्रीको उम्मेदवार बनेका होइनन । गगन थापाको टिममा बसेर धेरै काम गर्न सकिन्छ र गर्नुपर्नेछ भनेर आएको हुँ ।
मनिष मिश्रको राजनीतिक इतिहास केवल एउटा पदको दाबीमा सीमित छैनस विचार र संगठन सुदृढीकरणमा समर्पित छ । कांग्रेसबाटै आफ्नो राजनीति यात्रा सुरु गरेका मिश्र मधेस आन्दोलन र अधिकारको लडाइँका क्रममा महन्थ ठाकुरसँगै पार्टीबाट बाहिरिएका थिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० मा उम्मेदवार मात्र होइन, केन्द्रीय महासचिव र प्रवक्ताजस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका उनी मधेसको राजनीतिमा प्रखर वक्ता र रणनीतिकार मानिन्छन्।
संसदीय राजनीतिमा जहाँ पद र टिकटका लागि नेताहरू सिद्धान्त नै भुल्न तयार हुन्छन्, त्यहाँ मनिष मिश्रले भने ’त्याग र भरोसा’को नयाँ उदाहरण पेस गरेका थिए। सर्लाही–४ मा आफ्नो बलियो दाबी हुँदाहुँदै पनि पार्टी सभापति गगन थापालाई मधेसबाट संसद् प्रवेश गराउन सारा कुरा छाडेर लागे । नतिजा सकारात्मक नभए पनि माहोल भब्य बनाए।
विगतमा मधेसलाई आफ्नो आधार इलाका मान्ने कांग्रेस पछिल्ला वर्षहरूमा मधेसमै कमजोर बन्दै गएको छ। यस्तो अवस्थामा लोसपाको महासचिव भइसकेका र मधेसका हरेक गाउँ–बस्ती बुझेका मनिष मिश्रजस्ता बौद्धिक एवं जुझारु नेता पदाधिकारीमा आउनुले कांग्रेसलाई मधेसमा ठूलो सांगठनिक फाइदा पुग्ने विश्लेषकहरूको ठम्याइ छ।
गगन थापाको नयाँ नेतृत्व र मनिष मिश्रजस्ता मधेसी युवाको सहमहामन्त्रीमा दाबीले पार्टीभित्र परम्परागत गुटबन्दीलाई तोड्दै ’काम र त्याग गर्नेलाई अवसर’ दिने नयाँ परिपाटीको सुरुवात गरेको छ। उनको यो उम्मेदवारीले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया