१३ फागुन २०८२
काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान देशको संसद्मा सम्बोधन गरेका छन्।
ट्रम्पले १ घण्टा ५० मिनेटको भाषणमा ट्रम्पले इरान, भारत(पाकिस्तान द्वन्द्व, भेनेजुएला प्रकरण, गाजा युद्धविराम, अमेरिकाले लगाएको भन्सार शुल्कलगायत विषयमा धारणा राखेका छन्।
ट्रम्पले बोलेका प्रमुख ६ बुँदा
इरानलाई चेतावनीस् ट्रम्पले भने, इरानले अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गर्न सक्छ। इरानले पहिले नै युरोप र विदेशमा रहेका अन्य अमेरिकी आधारका लागि खतरा निम्त्याउने क्षेप्यास्त्र विकास गरिसकेको छ। अमेरिकाले इरानको आणविक हतियार कार्यक्रम नष्ट गरिसकेको छ।
भारत(पाकिस्तान द्वन्द्वमा दाबीस् ट्रम्पले भारत(पाकिस्तानबिच युद्धविराम गराएर आफूले ३ करोड ५० लाख जनाको मृत्यु रोकेको दाबी गरेका छन्। उनले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफलाई उद्धृत गर्दै भनेका छन्, दुई देशबिचको आणविक युद्धले ३ करोड ५० लाख मानिसको ज्यान जान सक्थ्यो।
गाजा युद्धविरामस् ट्रम्पले गाजामा इजरायल(हमास युद्धविरामलाई सफलताको संज्ञा दिए। सबै इजरायली बन्धक रिहा गराइएको बताए।
महँगी र तेल उत्पादनस् ट्रम्पले भने, डेमोक्र्याटहरू महँगीका लागि जिम्मेवार छन् र उनीहरूको नीतिले मूल्यमा तीव्र गिरावट ल्याइरहेको छ। अमेरिकामा तेल उत्पादन प्रतिदिन ६ लाख ब्यारेलभन्दा बढीले बढेको छ।
शुल्क र व्यापार नीतिस् ट्रम्पले सर्वोच्च अदालतको ट्यारिफ फैसलालाई दुर्भाग्यपूर्ण भने र नयाँ १५ प्रतिशत विश्वव्यापी ट्यारिफका लागि आह्वान गरे।
ऊर्जा उत्पादन र भेनेजुएलास् ट्रम्पले तेल र ग्यास उत्पादन बढाउन आह्वान गरे र भेनेजुएलालाई अमेरिकाको नयाँ मित्र भने।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया