०२ माघ २०८२
काठमाडौं- काठमाडौंका मेयर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिदै झापा– ५ बाट चुनाव लड्ने तयारी गरिरहदा उनका कमाण्डर बनेर काम गरेका महानगरी प्रहरी प्रमुख राजु पाण्डे गगन थापाविरुद्धं चुनाबी मैदानमा उत्रिने भएका छन् ।
चुनाव लड्नकै लागि पाण्डेले शुक्रबार काठमाडौँ महागनर प्रहरी बलको प्रमुखबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाएका छन् । उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारीमा छन् । जुन क्षेत्रबाट लामो समयदेखि गगन थापा निर्वाचित हुँदै आएका छन् । यसपटक पनि उनी काठमाडौं–४ बाटै चुनाव लड्ने तयारीमा छन् । गगन २०७०, २०७४ र २०७९ को निर्वाचनबाट यहि क्षेत्रबाट निर्वाचित भएका थिए । विशेष महाधिवेशन गरेर सभापति बनेका गगनका लागि चुनौती बनेर पेश हुने बालेनका कमाण्डर राजुको तयारी छ ।
राजु पाण्डे यसअघि काठमाडौं– ६ बाट चुनाव लड्ने तयारीमा थिए । आफू जन्मिएको र आफ्नो थाकथलो भन्दै उनले यो क्षेत्रबाट चुनाव लड्ने योजना बनाएका थिए । तर, यहि क्षेत्रबाट २०७९ को निर्वाचनमा विजयी भएका रास्वपाका नेता शिशिर खनालले काठमाडौं–६ नछाड्ने अडान लिएपछि पाण्डे काठमाडौं ४ बाट लड्ने निष्कर्षमा पुगेका हुन् । उनले आफू निकटसँग भन्न थालेका छन्– ‘हेब्बी वेटलाई हराएर चुनाव जित्नुको अकै मज्जा हुन्छ । गगनसँग चुनाव लड्नुलाई अनौठो मान्नै पर्दैन । म जित हात पार्छ ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया