२३ असोज २०८२
काठमाडौं- जेलबाट फरार कैदी र प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएसम्म खाडी मुलुकले नेपाली श्रमिकलाई लगाएको अघोषित प्रतिबन्ध फुकुवा असम्भव जस्तै देखिएको छ ।
गत महिना भएको जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) सहित खाडी देशले नेपालीलाई भिसामा कडाइ गरेका छन् । यूएईले त नेपालीलाई भिजिट भिसामा रोक नै लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको छ ।
ती देशले औपचारिक रूपमा भिसा निषेधको कारण नखुलाए पनि नेपाली अधिकारीहरूसँगको भेटमा कैदी र हतियारलाई मुख्य मुद्दा बनाएर कुरा गर्ने गरेका छन् ।
अनलाइनखबरले ती देशस्थित नेपाली राजदूत र श्रम सहचारीसँग गरेको कुराकानीमा सबैजसो देशले हतियार र कैदीका विषयमा असन्तोष राखेको बताए ।
‘भागेका कैदी, लुटपाटमा संलग्न अभियुक्तहरू हाम्रो मुलुकमा छिर्न नपाउन् भन्ने कुरामा उनीहरू निकै कडारूपमा प्रस्तुत भइरहेका छन्,’ एक राजदूतले भने, ‘कैदी र हतियार फर्काउने कुरामा तिमीहरूको प्रगति हेरेर मात्रै बाँकी कुरा निर्णय गर्छौं भनिरहेका छन् ।’
भिसा खुलाइदिन आग्रह गर्दै पुगेका नेपाली अधिकारीहरूलाई आगजनी, तोडफोड र हतियार लुटपाटका समाचार र तस्वीरहरू देखाउने गरेको उनीहरूको भनाइ छ ।
‘नेपाल अब सामान्य अवस्थातर्फ फर्किंदै छ, अपराधीहरू पक्राउ परिरहेका छन् भनेर हामीले कन्भिन्स गर्न खोजिरहेका छौं, तर उनीहरू यही परिस्थितिमा भिसा खोल्न तयार देखिन्नन्,’ ती राजदूतले भने, ‘नेपालमा उल्टै आगजनीमा पक्राउ परेकाहरूलाई कारबाही नगरी छाडेका समाचार आएपछि लाजमर्दो भयो ।’
नेपाली दूतावासका अधिकारीहरूले रोक लगाएको तथा कडाइ गरेको विषयमा औपचारिक रूपमा जानकारी दिएका छैनन् । तर, अनौपचारिक कुराकानीमा भने नेपालको अवस्था सहज नहुँदासम्म र जेलबाट भागेका कैदी जेलमा नपर्दासम्म कडाइ गर्ने मनसाय ती देशको रहेको बताउने गरेका छन् ।
जेनजी आन्दोलनपछि यूएईले १५ सेप्टेम्बरखदेखि नेपालीलाई भिजिट भिसामा रोक लगाएको थियो । यूएईका व्यवसायीले नेपाली म्यानपावर व्यवसायीलाई दिएको जानकारी अनुसार ‘पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षा’ कारण देखाउँदै संघीय प्राधिकरणले लेनदेन अस्वीकार गरेको जनाएका थिए ।
जसका कारण भिसाका लागि दिइएको आवेदन अस्वीकृत हुँदै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले जानकारी दिए ।
भिसाका लागि आवेदन दिएकाहरूका हकमा ‘यो व्यक्तिका लागि भिसा जारी गर्न सकिँदैन’ भनेर अस्वीकृत हुँदै आएको छ ।
नयाँ भिसा जारी नभए पनि यसअघि नै भिसा जारी भइसकेका हकमा तत्कालको प्रहरी रिपोर्ट तथा अन्य विभिन्न काजगात मागेर मात्रै भिसा दिने गरिएको छ ।
यूएईले हाल भिजिट भिसाका लागि नयाँ मापदण्ड तय गरेको छ । जसअनुसार नेपालबाट भिजिट भिसामा यूएई जानेहरूलाई स्पोन्सर गर्नेहरूको मासिक ४ हजारदेखि १५ हजार दिरामसम्म आम्दानी हुनुपर्ने छ ।
यूएई नेपालीहरूको भिजिट भिसामार्फत जाने प्रमुख गन्तव्य मुलुक थियो । तर, सुरक्षा चुनौती देखाउँदै भिजिट भिसा रोकेको यूएईले कडा नियमनको व्यवस्था गरेको हो ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया