०१ चैत २०८२
काठमाडौं - निर्वाचन आयोगले दिएको समय सीमाको अन्तिम दिन रास्वपाले समानुपातिक तर्फका ५७ जना सांसदको नाम आयोगमा पठाएको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको उपस्थिति बिनै बसेको बसेको केन्द्रीय सचिवालय बैठकमार्फत रास्वपाले बन्द सूचीमा रहेका ११० मध्ये ४८ जना महिला र ९ जना पुरूषको नाम छनोट गरेर आयोगमा पठाएको छ ।
जसमा खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आजसम्मको समय दिएको थियो। रास्वपाले कुन कलस्टरबाट कति जनाको नाम निर्वाचन आयोगमा बुझाइयो भनेर खुलाए पनि उनीहरुको नाम भने सार्वजनिक नगर्ने भएको छ। पार्टीले बुझाएको सूचीमा रूजु र प्रमाणित गरेपछि मात्रै सार्वजनिक गरिने भएको छ । ’राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नामहरू भेरीफाइ गरी प्रमाणित गर्दैन रूजु गर्दैन तबसम्म त्यसलाई हामीले हाम्रो तर्फबाट प्रस्तावित मात्रै मान्न सकिने भएकाले हामी नामहरू निर्वाचन आयोग तर्फबाट नै सार्वजनिक होस् भनेर त्यतिन्जेलसम्म कुर्नेछौं,’ प्रवक्ता झाले भने ।
सभापति रवि लामिछाने अस्वस्थ भएका कारण बैठकमा उपस्थित भएनन् भने वरिष्ठ नेता बाले शाह रवि नआउने भएपछि उनी पनि उपस्थित भएनन् । उनीहरु बैठकमा सहभागी नभएका कारण रास्वपाको बैठकले फाइनल गरेको नाममा सहमति लिन रविसँग भर्चुअल संवाद भएको थियो । वरिष्ठ नेता बालेन भने भर्चुअल मिटिङमा पनि सामेल भएनन् ।
केहि नाम तलमाथि हुन सक्ने र आयोगले पनि प्रमाणिकरण गर्न बाँकी रहेकाले फेरि विवादित हुनसक्ने आंकलन सहित रास्वपाले क–कसलाई समानुपातिक सांसद्का रुपमा छनोट गरियो भन्ने कुरा लुकाएको छ । यद्यपी अधिकांश नाम बन्द सूचीको माथिल्लो तहमा रहेकाहरुकै समावेश भएको स्रोतको दाबी छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया