०१ असोज २०८२
काठमाडौँ - जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधना एकत्रित गर्न थालिएको छ । दुईपांग्रे र ४ पाङ्ग्रे सवारी साधनहरु टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको कम्पाउन्ड र कपनमा रहेका प्रहरी प्रभागमा सङ्कलन सुरु गरिएको हो ।
आफ्नो सवारीको विवरण लिनुपर्ने भएमा टेकु र कपनमा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । भदौ २३ र २४ मा प्रदर्शनकारीले काठमाडौँ उपत्यकाभर ठुलो सङ्ख्यामा सवारी साधनामा आगजनी र तोडफोड गरेका थिए ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।
दुईपांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्युरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ ।
रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया