१६ कात्तिक २०८३
काठमाण्डौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय गरिएका छन्
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार, प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा एजेन्डा तय गरिएका हुन् ।
यस्ता छन् एजेन्डाहरू–
१। न्यायाधीशहरूमाथि महाभियोग लगाउने सम्बन्धमा सत्तारूढ दल रास्वपाको निर्णय, अबको प्रक्रिया र विपक्षीहरूको धारणाबारे ।
२। संसद बैठक र संसदीय छानबिन समिति गठनको माग गर्नेबारे।
३। प्रहरी महानिरीक्षकका विषयमा उठेका आशङ्का तथा प्रश्नहरू र यस सम्बन्धमा साझा धारणा तय गर्नेबारे ।
४। प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्नेबारे ।
बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको बैठकमा बस्ने बताइए पनि केहीबेर ढिला सुरु भएको छ । बैठकमा सहभागी हुन विभिन्न दलका नेताहरू कांग्रेस संसदीय दलको कार्यालयमा पुगिसकेका छन् ।
बैठकमा सहभागी हुन नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ । कांग्रेसले श्रम संस्कृति पार्टी र संसद बाहिर रहेका दलहरूलाई पनि बताएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया