०४ माघ २०८२
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।
रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।
बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
इन्जिनियर विषय अध्ययन गरी र्यापरको छवि बनाएका बालेन २०७९ सालको निर्वाचनमा काठमाडौंको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेका थिए ।
गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया