०३ चैत २०८२
काठमाडौं- यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने तीन दर्जन चालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३७ जना त्यस्ता चालकलाई कारबाही गरेको हो । कार्यालयबाट खटिएको टोलीले आज काठमाडौंको कलंकी ढुंगेअड्डामा विशेष चेकिङ्ग गरेको थियो ।
५५ वटा सवारी साधन चेक गर्दा ३७ वटाको हेण्डब्रेक, लाइट, अवस्था ठिक नरहेको र टायर धेरै खिइएको पाइएको कार्यालयको भनाइ छ । त्यस्ता सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने भएकोले चालकहरुलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय सवारी दुर्घटना बढ्दो छ । ट्राफिक प्रहरीका अनुसार धेरैजसो दुर्घटना सवारी साधनको अवस्था ठिक नरहँदा वा लापरबाहीपूर्वक चलाउँदा हुने गरेको छ ।
यसबाट चालक र यात्रुसहित सडक प्रयोगकर्ताको समेत जीवन जोखिममा पर्ने भएकोले विशेष चेकिङ्ग थालिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयले नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था जाँच्न र आवश्यक मर्मत सम्भार गरेर मात्र चलाउन पनि अनुरोध गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया