०३ चैत २०८२
काठमाडौं- यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने तीन दर्जन चालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३७ जना त्यस्ता चालकलाई कारबाही गरेको हो । कार्यालयबाट खटिएको टोलीले आज काठमाडौंको कलंकी ढुंगेअड्डामा विशेष चेकिङ्ग गरेको थियो ।
५५ वटा सवारी साधन चेक गर्दा ३७ वटाको हेण्डब्रेक, लाइट, अवस्था ठिक नरहेको र टायर धेरै खिइएको पाइएको कार्यालयको भनाइ छ । त्यस्ता सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने भएकोले चालकहरुलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय सवारी दुर्घटना बढ्दो छ । ट्राफिक प्रहरीका अनुसार धेरैजसो दुर्घटना सवारी साधनको अवस्था ठिक नरहँदा वा लापरबाहीपूर्वक चलाउँदा हुने गरेको छ ।
यसबाट चालक र यात्रुसहित सडक प्रयोगकर्ताको समेत जीवन जोखिममा पर्ने भएकोले विशेष चेकिङ्ग थालिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयले नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था जाँच्न र आवश्यक मर्मत सम्भार गरेर मात्र चलाउन पनि अनुरोध गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया