०२ माघ २०८२
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन् ।
फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना सैन्य टुकडीहरू डेनमार्कको नेतृत्वमा भइरहेको ‘अपरेशन आर्कटिक एन्ड्युरेन्स’ अन्तर्गत ग्रीनल्याण्डको राजधानी नुक पुगेका बीबीसीले जनाएको छ । फ्रान्सले प्रारम्भिक रूपमा १५ सैनिक पठाएको छ भने जर्मनीले १३ सैनिकसहितको ए–४०० एम विमान पठाएको जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले चाँडै स्थल, आकाश र समुद्री साधनसहित थप सैन्य बल पठाइने बताउनुभएको छ । फ्रान्सका वरिष्ठ कूटनीतिज्ञ ओलिभिए प्वाभ्र द आर्भोरले यस कदमलाई ‘राजनीतिक सन्देश दिने पहिलो अभ्यास’ भन्दै नाटो ग्रीनल्याण्डमा उपस्थित रहेको देखाउन गरिएको बताएका छन् ।
यसैबीच, डेनमार्क र ग्रीनल्याण्डका विदेश मन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरे पनि दुवै पक्षबीच ‘मौलिक असहमति’ कायमै रहेको डेनमार्कले जनाएको छ । ट्रम्पले भने ग्रीनल्याण्ड अमेरिकाका लागि अपरिहार्य रहेको दोहोर्याउँदै आवश्यक परे बल प्रयोगको विकल्प अस्वीकार नगरेको संकेत दिए ।
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले ग्रीनल्याण्डमा अमेरिकी सैन्य हस्तक्षेप भए नाटोका लागि ‘राजनीतिक विपत्ति’ हुने चेतावनी दिएका छन् । उता, रुसले नाटोले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति बढाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले आफ्नो भूमि अमेरिकाको स्वामित्व वा शासन स्वीकार्य नहुने स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ । शैनिक तैनाथी संख्यामा सानो भए पनि यसलाई नाटोको आर्कटिक क्षेत्रमा बढ्दो रणनीतिक चासो र ट्रम्प प्रशासनलाई युरोपेली देशहरूको स्पष्ट सन्देशका रूपमा हेरिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया