२६ मंसिर २०८२
काठमाडौँ - जेनजी अभियन्ताहरुले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार उनीहरुले विदेशमा रहेका २० लाख बढी नेपालीहरुको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् ।
जेनजी अभियन्ता शिरिष साहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मतभन्दा बढी नेपालीहरु विदेशमा रहेका र उनीहरुले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग आफूहरुको रहेको बताए । आम नागरिकको लडाईं हरेक नागरिकको मताधिकार सुनिश्चित हुनुपर्ने बताए । जेनजी अभियन्ता प्रकृति ढकालले नेपाली अट्ने नेपाल ठूलो रहेको बताउँदै मत दिन पाउने अधिकारबाट वञ्चित नगराइदिन आग्रह गरेको बताइन् ।
श्रोत साधनको समस्या देखाएर सधैँ पन्छिन नमिल्ने उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा आन्दोलन गर्ने चेतावनी दिए । संसारमा १ सय १५ वटा भन्दा बढी देशले विदेशमा रहेका आफ्ना नागरिकको मताधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै नेपालले गर्न नसक्ने भन्ने नहुने बताए ।
उनीहरुले अन्तरजिल्ला मतदान र प्रवासमा रहेका नेपाली नागरिकको मताधिकारको विषयलाई लिएर आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बालेन झापा–५ मा घरदैलो अभियानमा
चिनियाँ ठेकेदारको ८० करोडको मुद्दा सर्वोच्चको संयुक्त इजलासमा
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
मतपत्र छपाइ अन्तिम चरणमा
चुनावलाई चीनको साढे ५८ करोड
टुँडिखेलमा अमेरिकी सेना
भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
जुम्लामा एम्बुलेन्सको भाडा बढेपछि विरोध
पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो
प्रतिक्रिया