२६ माघ २०८२
काठमाडौँ - ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ । जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप गर्ने आदेश गरेको हो ।
मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएको थियो । तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा ‘गोरे’ को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो ।
२०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला गरिएको थियो ।
उच्च अदालत विराटनगरले अभियुक्तहरू नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय १० वर्ष घटाएर १० वर्ष मात्रै कायम गरेको छ । उक्त कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न रहेका अभियुक्त मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष मात्रै कैद सजाय सुनाएको छ । अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ ।
के थियो घटना?
फ्लाई दुबईको विमानबाट चूडामणि उप्रेती ‘गोरे’को समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट बाहिरिएको बताइएको छ । तर, सुन बिचमै हरायो । २०७४ फागुनमा काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट सुन लुटिएको तस्कर समूहलाई भरियाले ‘रिपोर्ट’ गरेका थए । भरियामध्येका थाई एयरवेजका वरिष्ठ टेक्निसियन सानु वनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरे ।
त्यसअघि हराएको भनिएको सुन बाहिर निकाल्न भन्दै चूडामणि उप्रेती ‘गोरे’को समूहले मोरङ उर्लाबारीका सनम शाक्यलाई यातना दिए । धरान र मोरङको जङ्गलमा चरम यातनाबाट शाक्यको मृत्यु भयो । यातनाबाट शाक्यको मृत्यु भएको सूचना तस्कर समूहका ‘गोरे’ले अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई दिए । महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसीसहितका काठमाडौँबाट पूर्व गए ।
धरानबाट सनमको शव बरामद गरेर डुलाउँदै विराटनगर लगे । शव भेटिएको घटनास्थल परिवर्तन गर्न आदेश गरेको भन्दै समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीको भूमिकामाथि प्रश्न उठायो । त्यसैले लोहनी पनि विवादमा तानिए ।
सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब ३ महिना लामो अनुसन्धान गरे पनि ३३ किलो सुन फेला परेन । जबकि डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक समेत रहेका विमल पोद्धार, राप्रपा ९प्रजातान्त्रिक० का नेता भुजुङ गुरुङ र मोहन अग्रवाल समेतलाई अनुसन्धान गरेर समितिले सुन तस्करीमा संलग्न ठुला माछा किटान गरेको थियो ।
गोरेले तस्करी गरेर ल्याएको करिब ७५ प्रतिशत सुन मोहन अग्रवालले खरिद गर्ने गरेको बताइएको थियो । त्यस्तै पोद्धारले लामो समयदेखि तस्करीको सुन जनकपुर हुँदै भारत पठाउने गरेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट लुटिएको भनिएको सुन २०७५ पुसमा भारतको कोलकतामा त भेटिएको दाबी गरियो । तर, सो सुन नेपाल ल्याउन पहल गरिएन ।
भारतीय डीआरआई (राजस्व अनुसन्धान विभाग)ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कोलकाता हाइवे स्थित दानकुनी टोल प्लाजामा ३३ किलो सुन बरामद गरेको थियो । मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको सुन सहित दुई जना नेपालीलाई पक्राउ गरिएको कलकत्तास्थित महावाणिज्य दूतलाई भारतले पत्र पठाएको थियो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया