२५ माघ २०८२
काठमाडौँ - निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटाएको छ । ७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) खटिएका हुन् ।
प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिएका छन् ।
मधेस प्रदेशका सबै जिल्लामा पुगेर एआईजी डम्बर बिक काठमाडौँ फर्किएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेश सबैभन्दा संवेदनशील मानिएको छ । चुनाव भन्दा दुई दिन अघि हुने होलीका कारण निर्वाचन प्रभावित हुने आकलन गरिएको छ ।
गण्डकीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसी, बागमती प्रदेशमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर र कोशी प्रदेशमा राजन अधिकारीलाई खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदी खटिने भएका छन् ।
एआईजीहरूले निर्वाचन सुरक्षामा हालसम्म भएको तयारी, साधन स्रोतको अवस्था र संवेदनशीलताबारे अध्ययन गर्नेछन् । प्रहरीका एक जना एआईजी भन्छन्, ‘अनुगमनबाट फर्केपछि हामी प्रतिवेदन दिन्छौँ, सो प्रतिवेदनको आधारमा सुरक्षा रणनीति तय गरिने छ ।’
एआईजीहरूले जिल्ला सुरक्षा समितिसँग पनि निर्वाचन सुरक्षा चुनौती र स्थानीय तहमा तय गरिएको रणनीतिबारे बुझ्नेछन् । प्रदेशमा पुगेर फर्केका एक जना एआईजी भन्छन्, ‘प्रहरीको मनोबल बढाउन हामीले दिशानिर्देश गरेका छौँ ।’
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया