०६ फागुन २०८१
काठमाडौँ - झन्डै तीन वर्षको अवधिमा सहकारीबाट २८ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ ।
गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/ २०८० देखि २०८१/२०८२ को माघसम्म (३१ महिना) को अवधिमा २८ अर्ब ३३ करोड १४ लाख २८ हजार ७२७ रुपैयाँ ठगी भएको छ ।
गृह मन्त्रालयले सोमबार प्रेस ब्रिफिङ गर्दै देशभरबाट सहकारी ठगीसम्बन्धी २४२ मुद्दा परेको जनाएको छ । त्यस्तै यही अवधिमा सहकारी ठगीसम्बन्धी कसुरको आरोपमा ५४५ जना पक्राउ परेका छन् ।
मन्त्रालयका अनुसार १ हजार ७ सय ७३ जना फरार सूचीमा रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९९ मुद्दा परेका छन् । त्यसमध्ये उपत्यकामा मात्र सहकारी ठगीसम्बन्धी ८२ मुद्दा परेका थिए । त्यस्तै कोशीमा २९, मधेशमा २७, गण्डकीमा २२, लुम्बिनीमा १३, कर्णालीमा ४, सुदूरपश्चिममा ३८ र सीआईबीमा १० मुद्दा दर्ता भएको थियो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया