२५ असोज २०८३
काठमाडौं -गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो ।
श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५स्५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।
त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो ।
नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो ।
अनलाइनखबरलाई प्राप्त माथिल्लो भेगको एक हवाई फोटोमा पनि गहिरो र साँघुरो खोँचमा गेग्रान बगेको देखिन्छ । त्यो खोँचको छेउँबाट पहिरो खसेको जस्तो पनि देखिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेती गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढी र अहिलेको बूढीगण्डकी बाढीको प्रकृति हेर्दा उस्तै खालको देखिएको बताउँछन् । तर बाढीको उद्गम भने अझै अस्पष्ट छ ।
बूढीगण्डकीको उपल्लो क्षेत्र
भिडियो फुटेजहरुमा बूढीगण्डकीमा लेदो माटो र गेग्रानसहितको कालो बाढी आएको देखिन्छ । बूढीगण्डकीमा बाढीको एकिन कारण पत्ता लगाउने प्रयास भइरहेको उनले बताए । ‘हाम्रो टोली ड्रोनसहित बूढीगण्डकीको माथिल्लो क्षेत्रमा परिचालित भएको छ,’ डा। उप्रेतीले भने, ‘केहीबेरमा बाढीको वास्तविक कारण पत्ता लाग्छ ।’
रसुवा–भोटेकोशीमा तिब्बत क्षेत्रमा हिमनदीको ठूलो भाग खसेर बाढी आएको थियो । त्यस बाढीबाट ठूलो मानवीय क्षति भए पनि बूढीगण्डकी बाढीबाट हालसम्म मानवीय क्षतिको खबर आएको छैन । तर भौतिक क्षति भने भएको छ ।
बाढीबाट गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल बगेका छन् । गोरखा–आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बगेको छ ।
बाढीले गोरखाको धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसहित दुईवटा झोलुंगे पुल पनि बगाएको छ । बाढीबाट एउटा कच्ची घर बगेको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री–३ को जगतबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया