०१ जेठ २०८३
काठमाडौं- कौडीको भाउमा सरकारी सम्पत्ति उठाउने, नियम कानुनको धज्जी उडाउदै दादागिरी देखाउने, अन्तिममा पक्राउ नै पर्ने खतरा बढेपछि सामान फिर्ता गर्छु भन्दै उन्मुक्ति दिन खोज्ने । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यहि हर्कत देखाएको छ ।
बालुवाटारको जग्गा कौडीको भाउमा उठाएका एमालेका उपाध्यक्ष विष्णु पौडेलले जसरी जग्गा फिर्ता गर्दै उन्मुक्ति लिन खोजे त्यहि शैलीबाट एनसेलले पनि स्मार्ट सेल प्रकरणमा उन्मुक्ति लिन खोजेको छ । प्रहरीले छापा हानेपछि, उच्च अधिकारीहरुलाई नै पक्राउ गर्ने तयारी गरेपछि तर्सिएको एनसेलले स्मार्ट टेलिकमको उपकरण खरिदबाट पछि हट्यो निर्णय मात्रै गरेको छैन पैसा फिर्ता माग्दै बैंकलाई पत्र नै काटेको छ ।
एनसेलले स्मार्ट टेलिकमको सामग्री लिलाम बिक्रीमार्फत खरिद गरेको विभिन्न दूरसञ्चार उपकरण लगायतका सामग्रीबापत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको पाइएको छ । एनसेलले लिलामी सकारेको सम्पत्ति बैंकबाट हस्तान्तरण नभएपछि एनसेलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता मागेको छ । झन्डै ३० अर्बको सरकारी हुन आएको सम्पत्ति किन्ने बेला नियम कानुनको धज्जी उडाएको एनसेल प्रहरीले अनुसन्धान थालेपछि अतालिएर बैंकसँग पैसा माग्दै पत्र काटेको छ । एनसेलले वैशाख २९ गते बैंकलाई पत्र पठाएर लिलाम सकारको पैसा फिर्ता मागेको छ । बैंकबाट एनसेलले स्मार्टको सामान खरिदको सम्झौता कानुनअनुसार हुन नसकेको स्वीकार गरेको पनि पाइएको छ ।
स्मार्टको सामग्री लिलाम सकारका क्रममा बैंकको खातामा भुक्तानी गरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गरी सोको लिखित जानकारी गराउन एनसेलका सीईओ माइकल फोलेले माग गरेका छन् । स्मार्टबाट गुपचुप रूपमा उपकरणको स्वामित्व हस्तान्तरण गरिएको भन्दै एनसेलबारे विभिन्न प्रश्नहरू उठिरहेको समयमा कम्पनीले लिखित रूपमै नियामक निकाय र सम्बन्धित संस्थाहरूलाई कारोबारबारे जानकारी गराएको छ ।
प्राप्त कागजातहरूका अनुसार सार्वजनिक सूचनाका आधारमा एनसेल हाल सञ्चालनमा नरहेको स्मार्ट टेलिकमको उपकरण खरिद प्रक्रियामा सहभागी भएको थियो । त्यस क्रममा दाबी प्रस्तुत गर्ने कम्पनीमध्ये एनसेलले गरेको बोलकबोल सबैभन्दा आकर्षक देखिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहवित्तीयकरण प्रवाह भएको सवा दुई अर्ब रुपैयाँको कर्जा अन्तर्गत धितो सुरक्षणमा रहेको स्मार्ट टेलिकमका उपकरणहरू बिक्री गर्न राजी भएको थियो ।
यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सीआईबीले बैंकका प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे, स्मार्ट सेलका अध्यक्ष सर्वेश श्रेष्ठ, नरेन्द्र उलक, पलिना श्रेष्ठसहित ४ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ भने एनसेलमाथि समेत अनुसन्धान थालेको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया