०१ जेठ २०८३
काठमाडौं- कौडीको भाउमा सरकारी सम्पत्ति उठाउने, नियम कानुनको धज्जी उडाउदै दादागिरी देखाउने, अन्तिममा पक्राउ नै पर्ने खतरा बढेपछि सामान फिर्ता गर्छु भन्दै उन्मुक्ति दिन खोज्ने । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यहि हर्कत देखाएको छ ।
बालुवाटारको जग्गा कौडीको भाउमा उठाएका एमालेका उपाध्यक्ष विष्णु पौडेलले जसरी जग्गा फिर्ता गर्दै उन्मुक्ति लिन खोजे त्यहि शैलीबाट एनसेलले पनि स्मार्ट सेल प्रकरणमा उन्मुक्ति लिन खोजेको छ । प्रहरीले छापा हानेपछि, उच्च अधिकारीहरुलाई नै पक्राउ गर्ने तयारी गरेपछि तर्सिएको एनसेलले स्मार्ट टेलिकमको उपकरण खरिदबाट पछि हट्यो निर्णय मात्रै गरेको छैन पैसा फिर्ता माग्दै बैंकलाई पत्र नै काटेको छ ।
एनसेलले स्मार्ट टेलिकमको सामग्री लिलाम बिक्रीमार्फत खरिद गरेको विभिन्न दूरसञ्चार उपकरण लगायतका सामग्रीबापत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको पाइएको छ । एनसेलले लिलामी सकारेको सम्पत्ति बैंकबाट हस्तान्तरण नभएपछि एनसेलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता मागेको छ । झन्डै ३० अर्बको सरकारी हुन आएको सम्पत्ति किन्ने बेला नियम कानुनको धज्जी उडाएको एनसेल प्रहरीले अनुसन्धान थालेपछि अतालिएर बैंकसँग पैसा माग्दै पत्र काटेको छ । एनसेलले वैशाख २९ गते बैंकलाई पत्र पठाएर लिलाम सकारको पैसा फिर्ता मागेको छ । बैंकबाट एनसेलले स्मार्टको सामान खरिदको सम्झौता कानुनअनुसार हुन नसकेको स्वीकार गरेको पनि पाइएको छ ।
स्मार्टको सामग्री लिलाम सकारका क्रममा बैंकको खातामा भुक्तानी गरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गरी सोको लिखित जानकारी गराउन एनसेलका सीईओ माइकल फोलेले माग गरेका छन् । स्मार्टबाट गुपचुप रूपमा उपकरणको स्वामित्व हस्तान्तरण गरिएको भन्दै एनसेलबारे विभिन्न प्रश्नहरू उठिरहेको समयमा कम्पनीले लिखित रूपमै नियामक निकाय र सम्बन्धित संस्थाहरूलाई कारोबारबारे जानकारी गराएको छ ।
प्राप्त कागजातहरूका अनुसार सार्वजनिक सूचनाका आधारमा एनसेल हाल सञ्चालनमा नरहेको स्मार्ट टेलिकमको उपकरण खरिद प्रक्रियामा सहभागी भएको थियो । त्यस क्रममा दाबी प्रस्तुत गर्ने कम्पनीमध्ये एनसेलले गरेको बोलकबोल सबैभन्दा आकर्षक देखिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहवित्तीयकरण प्रवाह भएको सवा दुई अर्ब रुपैयाँको कर्जा अन्तर्गत धितो सुरक्षणमा रहेको स्मार्ट टेलिकमका उपकरणहरू बिक्री गर्न राजी भएको थियो ।
यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सीआईबीले बैंकका प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे, स्मार्ट सेलका अध्यक्ष सर्वेश श्रेष्ठ, नरेन्द्र उलक, पलिना श्रेष्ठसहित ४ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ भने एनसेलमाथि समेत अनुसन्धान थालेको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया