२८ जेठ २०८३
काठमाडौं- प्रधानमन्त्री बालेन शाहलाई एसएमएस पठाउदै चाप्लुसी गर्न खोज्ने, राजदुत बनाइदिनु पर्यो हजुर भन्दै चाकडी गर्न तम्सिने नेपाल सरकारका सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ। चाकडी र चाप्लुसी गरेरै सरकारी सेवामा ढलिमलि गर्दै आएका सचिव पुष्करको साम्राज्य एउटा म्यासेजले ढालिदिएको छ ।
कुनै समय मुख्यसचिवको दौडमा रहेका पुष्करले एउटा यस्तो गल्ती गरे, जसले उनको करिअर मात्र होइन, कयौँ शक्तिशालीहरूको निदहराम गरिदियो । प्रधानमन्त्री बालेन शाहको हटलाइनमा सिधै राजदूत बन्ने इच्छासहितको म्यासेज पठाउनु उनको जीवनकै सबैभन्दा घातक कदम साबित भयो । चेन अफ कमाण्ड मिचेको आरोपमा सुरु भएको अनुसन्धान अहिले उनको कपनस्थित आलिशान महल र राजस्व सचिव हुँदाका विवादास्पद निर्णयसम्म पुगेको छ ।
२०७८ भदौ ११ भन्दापछि राजस्व सचिव बनेका पुष्करले त्यसबेला आर्थिक लाभ लिएको कागजात र तथ्यहरू प्रधानमन्त्री बालेनले पाएको स्रोतको दाबी छ । पुष्कर सामान्य प्रशासन सचिव र अर्थ मन्त्रालयको पनि सचिव भएका थिए । त्यसबेला बालेन काठमाडौं महानगरको मेयर थिए । त्यसबेला दुईबिच कुराकानी हुने गरेको प्रहरीसँगको सोधपुछमा पुष्करले बताएका छन् । राजस्व सचिव हुँदा पुष्करले कपनमा आलिशान भवन बनाएको र आर्थिक लाभ लिएर निर्णय गरेको सूचना पाएपछि प्रधानमन्त्री शाहकै निर्देशनमा विभागले उनको सम्पत्तिबारे छानबिन सुरु गरेको बताइएको छ । विभागका एक अधिकृत भन्छन्, ‘घर निर्माण गरेको समयमा उहाँले गरेका निर्णयहरू र उहाँको सम्पत्ति विवरण हेरेर स्रोत भेरिफाई गर्नेगरी अनुसन्धान सुरु भएको छ ।’
यीनै पुष्कर श्रमको सचिव हुँदा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणको रकम चार हजार पाँच सयबाट ६ हजार पाँच रुपैयाँ पुगेको थियो । सुशीला कार्की प्रधानमन्त्री हुँदा पुष्करलाई श्रमबाट हटाएर उपराष्ट्रपति कार्यालय पु¥याइएको थियो ।
प्रधानमन्त्रीकै गृहजिल्ला घर भएको नाताले आफूलाई उनले च्याप्ने मानसिकता पुष्करको थियो । तर, व्यक्तिगत तहमा आफूलाई म्यासेज आएपछि प्रधानमन्त्री थप आक्रोशित बनेका हुन् । पुष्कर संघीय मामिला सचिव हुँदा बालेन काठमाडौंका मेयर थिए । तर, प्रधानमन्त्री बालेनले जिल्लावासीको निकटता नहेरी उनलाई कारबाही गर्ने संकेत गरेका छन् ।
लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएको बेला पुष्कर आयोगका प्रवक्ता थिए । लोकमानको दाहिने भएर नेतादेखि कर्मचारीसम्मलाई दबाबमा राख्थे । त्यही शक्तिको प्रयोग गरेर उनी इकोनोमिक मिनिस्टर भएर भारत गएका थिए । त्यति मात्रै होइन, तत्कालीन मुख्य सचिव एकनारायण अर्याल र संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँगको मिलेमतोमा निजामति विधेयकमाथि तोडमोड गरेका थिए । त्यतिबेला निजामती विधेयकमा व्यवस्था गरिएको दुई वर्षे कुलिङ पिरियड हटाउन लबिङ गर्ने मुख्य नाइके मध्य यीनी पनि एक थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया