०३ चैत २०८२
काठमाडौँ - नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिले नियमित महाधिवेशन पक्षधर नेताहरूलाई समेटेर अगाडि नबढ्ने सङ्केत दिएको छ । समितिले विगतमा नअल्झेर भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउने बताएको छ ।
िप्रवक्ता देवराज चालिसेले पुरानो बाटोमा अल्झिएर नयाँ बाटो तय नहुने बताए । ‘हामी विगतमा अल्झिएर नयाँ बाटो तय गर्न सक्दैनौँ । त्यसैले वैधानिकता पाएर अगाडि बढी सकेपछि पछाडि फर्कन हुन्न भन्ने धारणा हाम्रो छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘वैधानिकता नहुँदासम्म एउटा विषय थियो होला । अब वैधानिकता पाएर अगाडि बढेपछि पछि फर्कने होइन, अगाडिको बाटो तय गर्ने हो ।’
उनले विशेष महाधिवेशनमा छुटेकाहरूलाई नियमित महाधिवेशनबाट पुनः नेतृत्वमा आउन बाटो खुला रहेको बताए । ‘लोकतान्त्रिक प्रक्रियामा जाँदा कोही छुट्छ । कोही आउँछ । त्यो स्वाभाविक हुन्छ,’ चालिसेले भने, ‘छुटेकाहरू निकट भविष्यमा हुने नियमित महाधिवेशनबाट पुनः नेतृत्वमा आउनुहुन्छ ।’
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनमा २०७८ साल मंसिरमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा, नेता डा। शेखर कोइरालासहितका नेताले स्वीकारेका छैनन् । उनीहरू पक्षका नेताहरू विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समेटिएका छैनन् । ती नेताहरूलाई समेट्नेबारे सोधेको प्रश्नमा प्रवक्ता चालिसेले १५ औँ महाधिवेशनबाट जितेर आउन बाटो खुला रहेको भन्दै अहिले नसमेट्ने सङ्केत दिएका हुन् ।
प्रवक्ता चालिसेले महाधिवेशन नस्वीकारेको भनिएकाहरू निर्वाचनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वबाट टिकट लिएर निर्वाचन लडेपछि अब विवाद कायमै छ भन्नु उपयुक्त नभएको बताए । ‘महाधिवेशनमा सहभागी नभएका नेताहरू नयाँ नेतृत्वसँग टिकट लिएर निर्वाचन लड्नुभयो,’ चालिसेले भने, ‘एक दुई जना निर्वाचन नलड्नेहरूले भन्दैमा पुरानो कुरामा फर्किनुहुन्न । अगाडि कसरी बढ्ने भन्ने योजना बनाउनुपर्छ ।’ निर्वाचन नलडेकाहरू पनि निर्वाचनको प्रचारप्रसारका काममा खटिएको पनि चालिसेको भनाइ छ ।
प्रवक्ता चालिसेले अहिलेको समय विवादमा अल्झिने नभई कार्यकर्तालाई एकताको सन्देश दिने भएको बताए । ‘अहिले हामी विवादमा अल्झिन हुन्न । एकताबद्ध भएर कार्यकर्ताको मनोबल बढाउने काम गर्नुपर्छ,’ चालिसेले भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया