११ भदौ २०८२
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई आतंककारी युद्धका रुपमा प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । जनयुद्धले नै मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उनको भनाई ।
आज काठमाडौँमा नवराज पुडासैनीको ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले भने ,‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै पनि देखिन्छ, तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात गर्न आवश्यक छ ।’
विवेकभन्दा संख्याको शक्ति ठूलो हुने अहिलेको प्रणालीले नयाँ पुस्तालाई प्रभाव पारिरहेको उहाँले बताउनुभयो । यसले हाम्रो संघर्षलाई कठिन बनाएको उल्लेख गरे ।
जनयुद्धको योगदान र प्राप्त उपलब्धिलाई जनस्तरमा पुर्याउन नसकेका कारण आज समाजमा बेतिथी मौलाएको उनको भनाइ छ । ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता प्रचण्डले औंल्याए ।
ुयदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छु,उनले भने ।
कन्युनिष्ट विचारका प्रणेता मार्क्स, एंगेल्स, लेनिन र माओका पुस्तकसहित लखन थापा, भीमदत्त पन्तलगायतको इतिहास पढेर जनयुद्धको रणनीति तयार पारिएको प्रचण्डले सुनाए ।
‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै जनयुद्धको रणनीति तयार भएको थियो’, उनले भने, ‘त्यसैले जनयुद्ध कुनै अन्तर्राष्ट्रिय शक्तिको दबाब भएको थिएन, दबाबमा दबिएन, त्यसैले नै जनताले निरन्तर साथ दिए ।’
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया