१५ असोज २०८३
काठमाडौं - नीति, निर्माण र विधेयक बनाउने मुख्य थलो संघीय संसद् कुनै जनताका जल्दाबल्दा मुद्दा वा महत्वपूर्ण विधेयक पास गर्न होइन, पदाधिकारीको ‘विदेश भ्रमण तालिका’ मिलाउनका लागि स्थगित गरिएको गम्भीर तथ्य बाहिएको छ ।
सभामुख डोलप्रसाद अर्याल र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे तान्जानियामा हुने अन्तर–व्यवस्थापिका संघको बैठकमा जान हतारिएपछि हतार–हतार संसद् अधिवेशन अन्त्यको सिफारिस गरिएको खुलेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को औपचारिक बैठकमा संसद् अधिवेशन अन्त्य गर्ने कुनै निर्णय नै भएको थिएन। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि यो विषयको नामसम्म लिएका थिएनन्।
तर, बैठक सकिनेबित्तिकै दृश्य बदलियो। सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई र महासचिव पाण्डेले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई पटक–पटक फोन गरेर ‘अधिवेशन जसरी पनि अन्त्य गरिदिन’ दबाब दिइरहे । पदाधिकारीहरूको विदेश जाने टोली रोकिएला भन्ने पिरलोका कारण प्रधानमन्त्री बालेनले पनि मन्त्रिपरिषद्को मूल निर्णयमै पछि यो विषय थप्न सहमति दिएको स्रोतको दाबी छ।
“मन्त्रिपरिषद् बैठकले पहिला अधिवेशन स्थगितको निर्णय गरेको थिएन। पछि सभामुखज्यू र महासचिवज्यूको पटक–पटक टेलिफोन आएपछि निर्णयमा थपिएको हो।“ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले भन्यो ।
अझ अचम्मको कुरा त के छ भने, यो गोप्य र हतारको निर्णयबारे सरकारकै मन्त्रीहरू बेखबर थिए१ आफ्ना मन्त्रालयका महत्वपूर्ण विधेयकहरू संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिरहेका मन्त्रीहरू जब अधिवेशन अन्त्यको खबर सुने, तब छाँगाबाट खसेजस्तै भए।
असन्तुष्ट एक मन्त्रीले भने– “मेरो मन्त्रालयका २ वटा विधेयक दर्ता गर्ने अन्तिम तयारीमा थिएँ। तर एक्कासी प्रधानमन्त्री कार्यालयबाट अधिवेशन अन्त्यको सिफारिस भएको खबर आएपछि म त झसङ्गै भएँ। बैठकमा यसबारे कुनै कुरै भएको थिएन।“
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख, महासचिवसहितको टोली आइतबार तान्जानिया प्रस्थान गर्दैछ। जनताका समस्या र महत्वपूर्ण विधेयकमाथि छलफल गराउने थलोलाई आफ्नै वैदेशिक भ्रमणको तालिका अनुसार बन्द गराउने यो कदमले संसदीय मर्यादा र शासकीय पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया