०३ असोज २०८२
काठमाण्डौ – यसपालिको मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा धेरै पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेको थियो । तर पूर्वानुमान अनुसार पानी परेन ।
धान रोप्ने मुख्य समयमा पानी नपरेर हाहाकार नै भयो । साउनको दोस्रो हप्तापछि मनसुन थप सक्रिय बनेकाले अहिलेसम्म सरदरको ९० प्रतिशत नजिक पानी परेको छ ।
सामान्यतया मनसुन सक्रिय हुँदा १ हजार ५०० देखि १ हजार ६०० मिलिमिटर वर्षा मापन गरिन्छ । हिजोसम्मको विवरण अनुसार १ हजार १२२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यो देशभरिका १२६ वटा मापन केन्द्रमा मापन भएको वर्षाको औसत हो ।
सरदर वर्षाको तुलनामा ९२ देखि ११० प्रतिशत पानी परेको अवस्थालाई सामान्य वर्षा मान्ने गरिन्छ । मनसुन बाहिरिन अझै २ हप्ता बाँकी रहेकाले सरदर पानी पर्ने मौसमविद्को अनुमान छ । तर सबै ठाउँमा एकनासको पानी परेको छैन ।
मधेश प्रदेशमा वार्षिक सरदरको तुलनामा ६४ दशमलव ५ प्रतिशत मात्रै पानी परेको छ । सुदूरपश्चिमका पहाडी भेगमा ११० प्रतिशतसम्म पानी परेको छ । मापन केन्द्रहरूको तथ्याङ्क हेर्दा यसपालि खण्डित वर्षा भएको विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो । यस्तै पानी जुन समयमा जसरी पर्ने गर्थ्यो त्यो पनि भएन ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यस वर्ष सरदर मितिभन्दा चाँडो भित्रिएकाले चाँडै बाहिरिने अनुमान रहे पनि अहिलेको अवस्था हेर्दा सरदर मितिभन्दा पनि ढिला हुन सक्ने देखिएको मौसमविद्ले बताएका छन् ।
मनसुन सक्रिय रहने भए पनि अबको २ हप्ता मनसुनजन्य विपत्तिको सम्भावना नदेखिएको मौसमविद् विनोद पोख्रेलले बताएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया