०४ मंसिर २०८३
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ तर त्यो सीमित छ’, सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’
सभापति थापाले राजनीतिक दललाई चिन्दिनँ र मान्दिनँ भन्दै गर्दा अरू बेला सरकारको कामकारबाही चले पनि निर्वाचनमा त्यस्तो नचल्ने बताए । उनले निर्वाचनका बारेमा सरकारले दलहरूसँग संवाद गर्नुपर्नेमा जोड दिँदै भने, ‘निर्वाचनबारे संविधानले निर्दिष्ट गरेको व्यवस्था गरेको छ ।’
सभापति थापाले निर्वाचनको खर्च र समयबारे सरकारले नै दलहरूसँग छलफल गर्नुपर्ने र त्यसपछि दलहरूबीच सहमति जुटाउन कुराकानी हुने बताए । त्यस्तै, विदेशमा रहेका नेपालीहरूलाई मतदानका लागि कानुन टुंग्याउन सुझाव दिएको थापाले बताए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया