२१ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताएका छन् । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भनेका हुन् ।
महामन्त्री शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘विशेष महाधिवेशन हुन्छ। पार्टी विभाजन हुँदैन।’ विधान अनुसार माग भएको विशेष महाधिवेशन हुँदा विभाजित नभई थप मजबुत हुन बल पुग्ने बताए।
पुस २७ र २८ गते हुने गरी विशेष महाधिवेशनको प्रचार गरिएको छ। विशेष महाधिवेशनको लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको छ। विशेष महाधिवेशनले कार्यबिधि विशेष महाधिवेशन हलले तय गर्ने पक्षधर नेताहरुले जानकारी गराएका छन्। ‘विशेष महाधिवेशनले पारित गर्ने एजेण्डा हलले कार्यबिधि बनाएर तय गर्छ, महामन्त्री शर्माले भने।
२९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाएर विशेष महाधिवेशनको माग गरिएको थियो। विशेष महाधिवेशनको लागि हस्ताक्षर थप बढ्ने मागकर्ताहरुको दाबी छ।
विशेष महाधिवेशनको हस्ताक्षर संकलन गर्ने अगुवा मध्येका एक नेताले भने, ‘हस्ताक्षर फिर्ता गर्न दबाब दिने क्रम बढेको छ। केही व्यक्तिले फिर्ता लिन पनि सक्छन् । तर, बढ्नेको सङ्ख्या धेरै छ । ५४ प्रतिशत बढेर ६४ प्रतिशत माथि पुग्छ ।’
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया