२९ पुस २०८२
काठमाडौँ - नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि शुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन ९डिएलए०का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।
पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।
निर्वाचन समितिमा डिएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
नयाँ निर्वाचन समितिका संयोजक सीताराम केसीले तत्काल निर्वाचन प्रक्रिया शुरू गरिने बताएका छन् । यसअघि निर्वाचन समिति संयोजक खम्ब खाती थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया