२० वैशाख २०८३
काठमाडौं- बालेन शाह नेतृत्वको सरकाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, जारी गरेसँगै एकैपटक १५९४ को जागिर चेट हुँदै गर्दा गर्भरनर भने सेफ भएका छन् । नयाँ अध्यादेशले राज्यका विभिन्न निकायमा रहेका ठूलो संख्याका राजनीतिक नियुक्तिहरू एकैपटक हटाउने बाटो खोल्दै गर्दा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिसम्बन्धी कानुन यसमा समेटिएको छैन ।
राष्ट्रपति कार्यालयस्थित उच्च स्रोतका अनुसार संवैधानिक नियुक्ति, न्यायाधीश नियुक्ति र गभर्नर नियुक्तिसँग जोडिएका कानुनहरू अध्यादेशबाट जानाजान बाहिर राखिएका छन् । यसले १५९४ पदाधिकारी पदमुक्त हुने अवस्था सिर्जना गर्दा पनि गभर्नर पद भने सुरक्षित रहने देखिएको छ । हालका गभर्नर डा। विश्वनाथ पौडेल राजनीतिक सहमतिबाट नियुक्त भएको पात्र मानिन्छन्, जसमा शेरबहादुर देउवा र आरजू देउवाको भूमिका उल्लेख्य रहेको चर्चा छ । गर्भनर पौडेल २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र १ बाट कांग्रेसको तर्फबाट उम्मेदवार समेत बनेका थिए । उन सो क्षेत्रबाट तेस्रो हुँदा रास्वपाका हरि ढकाल विजयी भएका थिए । उनै पराजित पौडेललाई राष्ट्र बैंकको गर्भनर सुम्पिएको थियो । उनी गर्भनरमा नियुत्तः हुँदै गर्दा ब्यापक आलोचना समेत भएको थियो । कतिपयले त ब्रिफकेससँग गर्भनर पद साटिएको भनेर समेत आरोप लगाएका थिए ।
१५९४ जना राजनीतिक नियुक्ति खाएका पदाधिकारी पदमुक्त हुँदैगर्दा उनी भने जोगिने सम्भावना बलियो देखिएको छ । अध्यादेशमा गभर्नर नियुक्तिसम्बन्धी ऐन संशोधन नगरिएकाले उनको पद जोगिने सम्भावना बलियो बनेको छ ।
यसैबीच, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ११० वटा ऐन संशोधन गर्दै १,५९४ जना पदाधिकारीलाई एकैपटक पदच्यूत गरिदैछ । तर, अध्यादेशले राजनीतिक नियुक्तिहरूमा ठूलो ‘क्लिनअप’ ल्याउने देखिए पनि, केही संवेदनशील र शक्तिशाली पदहरू विशेषगरी गभर्नरलाई जोगाउने गरी संरचना बनाइएको संकेत मिलेको छ । यसले आगामी दिनमा राजनीतिक सन्तुलन र शक्ति समीकरणबारे नयाँ बहस जन्माउने निश्चित छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया