२० वैशाख २०८३
काठमाडौं- बालेन शाह नेतृत्वको सरकाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, जारी गरेसँगै एकैपटक १५९४ को जागिर चेट हुँदै गर्दा गर्भरनर भने सेफ भएका छन् । नयाँ अध्यादेशले राज्यका विभिन्न निकायमा रहेका ठूलो संख्याका राजनीतिक नियुक्तिहरू एकैपटक हटाउने बाटो खोल्दै गर्दा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिसम्बन्धी कानुन यसमा समेटिएको छैन ।
राष्ट्रपति कार्यालयस्थित उच्च स्रोतका अनुसार संवैधानिक नियुक्ति, न्यायाधीश नियुक्ति र गभर्नर नियुक्तिसँग जोडिएका कानुनहरू अध्यादेशबाट जानाजान बाहिर राखिएका छन् । यसले १५९४ पदाधिकारी पदमुक्त हुने अवस्था सिर्जना गर्दा पनि गभर्नर पद भने सुरक्षित रहने देखिएको छ । हालका गभर्नर डा। विश्वनाथ पौडेल राजनीतिक सहमतिबाट नियुक्त भएको पात्र मानिन्छन्, जसमा शेरबहादुर देउवा र आरजू देउवाको भूमिका उल्लेख्य रहेको चर्चा छ । गर्भनर पौडेल २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र १ बाट कांग्रेसको तर्फबाट उम्मेदवार समेत बनेका थिए । उन सो क्षेत्रबाट तेस्रो हुँदा रास्वपाका हरि ढकाल विजयी भएका थिए । उनै पराजित पौडेललाई राष्ट्र बैंकको गर्भनर सुम्पिएको थियो । उनी गर्भनरमा नियुत्तः हुँदै गर्दा ब्यापक आलोचना समेत भएको थियो । कतिपयले त ब्रिफकेससँग गर्भनर पद साटिएको भनेर समेत आरोप लगाएका थिए ।
१५९४ जना राजनीतिक नियुक्ति खाएका पदाधिकारी पदमुक्त हुँदैगर्दा उनी भने जोगिने सम्भावना बलियो देखिएको छ । अध्यादेशमा गभर्नर नियुक्तिसम्बन्धी ऐन संशोधन नगरिएकाले उनको पद जोगिने सम्भावना बलियो बनेको छ ।
यसैबीच, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ११० वटा ऐन संशोधन गर्दै १,५९४ जना पदाधिकारीलाई एकैपटक पदच्यूत गरिदैछ । तर, अध्यादेशले राजनीतिक नियुक्तिहरूमा ठूलो ‘क्लिनअप’ ल्याउने देखिए पनि, केही संवेदनशील र शक्तिशाली पदहरू विशेषगरी गभर्नरलाई जोगाउने गरी संरचना बनाइएको संकेत मिलेको छ । यसले आगामी दिनमा राजनीतिक सन्तुलन र शक्ति समीकरणबारे नयाँ बहस जन्माउने निश्चित छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया