०१ चैत २०८२
काठमाडौं - इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ।
यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो।
अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ।
दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका अमेरिकी नागरिकहरूलाई इरान समर्थित आतंकवादी मिलिसिया समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई मध्यनजर गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिन्छ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाले शनिबार ओमानबाट गैर(आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको जनाएको छ।
यसैबीच, स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्रबाट अमेरिकी सेनालाई उडान भर्न दिने दुईवटा अनुरोधलाई खारेज गरिदिएको छ। स्विस सरकारले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। स्विट्जरल्यान्डले इरान युद्धलाई लिएर यस्तो निर्णय गरेको जनाएको छ।
स्वीस सरकारले आफ्नो निर्णयको पछाडि देशको ‘तटस्थता कानुन’ लाई उद्धृत गरेको छ।
विज्ञप्तिमा भनिएको छ- ‘यो कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई हवाई क्षेत्रको प्रयोगको अनुमति दिनबाट रोक्छ, जसले उक्त द्वन्द्वसँग जोडिएको सैन्य उद्देश्य पूरा गर्दछ।’
यद्यपि, स्वीस सरकारले अन्य तीनवटा उडानलाई भने अनुमति दिएको जनाएको छ। तीमध्ये एउटा उडान मर्मतसम्भारका लागि र दुईवटा उडान ढुवानी सँग सम्बन्धित थिए।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया