२३ असोज २०८२
काठमाण्डौ – जेन–जीका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले आज डा। निकोलस भुसाल, सञ्जीव दाहालसहित १४ जनाभन्दा धेरैलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै आज बिहान माइतीघर पुगेका थिए । अनुमति नदिएको अवस्थामा प्रदर्शन गर्न खोजेपछि केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी एवम् प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
प्रहरीले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।
जेन–जीले अन्तरिम सरकारसँग राखेका मागहरू पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथितिविरुद्ध कुनै कदम नचालेको, गएको भदौ २३ गते भएको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आज प्रदर्शन गर्न पुगेका हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया