२३ असोज २०८२
काठमाण्डौ – जेन–जीका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले आज डा। निकोलस भुसाल, सञ्जीव दाहालसहित १४ जनाभन्दा धेरैलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै आज बिहान माइतीघर पुगेका थिए । अनुमति नदिएको अवस्थामा प्रदर्शन गर्न खोजेपछि केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी एवम् प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
प्रहरीले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।
जेन–जीले अन्तरिम सरकारसँग राखेका मागहरू पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथितिविरुद्ध कुनै कदम नचालेको, गएको भदौ २३ गते भएको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आज प्रदर्शन गर्न पुगेका हुन् ।
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता
रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालेको खुलासा, मुख्यसचिव र एआइजी नै दिएका थिए सहमति
दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान
कैदी र हतियार नफर्किएसम्म नेपालीलाई खाडीको रोजगारी कठिन
माइतीघरमा प्रदर्शन गर्न खोज्ने १४ जनाभन्दा धेरै पक्राउ
पूर्वउपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका ४ जना विदेशी पर्यटकको उद्धार
प्रतिक्रिया