०१ भदौ २०८२
काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि पाकिस्तानले आज १७ सदस्यीय टोली घोषणा गरेको हो ।
पाकिस्तानको टोलीमा स्टार खेलाडीहरू बाबर आजम र मोहम्मद रिजवान परेका छैनन् । बाबरले पछिल्लो पटक सन् २०२४ डिसेम्बर मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यस्तै बाबरले वेस्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ४७, शून्य र नौ रनमा आउट भएका थिए ।
बाबरजस्तै रिजवान पनि बङ्गलादेशसँगको घरेलु र त्यसपछिको बाहिरी शृङ्खला र त्यसपछि वेस्ट इन्डिजमा भएको टी–२० शृङ्खलाका लागि पाकिस्तानको पछिल्लो टी–२० टोलीको हिस्सा भएका छैनन् । उनले वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा ५३ रन बनाएका थिए, त्यसपछि १६ र शून्य रनमा आउट भएका थिए ।
वेस्ट इन्डिजसँगको शृङ्खलामा ह्यामस्ट्रिङ चोटबाट पीडित भएका फखर जमान निको भएर पाकिस्तानको टी–२० टोलीमा फर्किएका छन् । टोलीको कप्तानमा सलमान आघा छन् । यो टोलीले एशिया कपअघि यूएई र अफगानिस्तानसँग त्रिदेशीय शृङ्खला पनि खेल्नेछ ।
यस्तो छ पाकिस्तानको टोली–
सलमान आघा (कप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हरिस रौफ, हसन अली, हसन नवाज, हुसेन तलत, खुशदिल शाह, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद वसिम, साहिबजादा फरहान, सइम अयुब, सलमान मिर्जा, शाहीन शाह अफ्रिदी, सुफयान मोकिम ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया