२४ मंसिर २०८२
काठमाडौं- नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा( ५ का बाट ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको पछिल्लो बैठकले पदम पौडेल, खगेन्द्र अधिकारी, अइन्द्र केरुङ, मेदनी सिटौला, देवी दाहाल र मन्दरा चिमोरियालाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
झापा(५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो । ०७९ को आमनिर्वाचनमा काँग्रेसले अधिकारीलाई उम्मेदवार बनाएको थियो । उनी ओलीसँग भारी मतले पराजित भए । ५१ हजार ६१९ मतसहित ओली निर्वाचित हुँदा अधिकारीलाई २३ हजार २३१ भोट परेको थियो ।
तर, यसपटक भने परिस्थिति बदलिएको छ । जेनजी घटनापछि सो क्षेत्रका मतदाताले सामाजिक सञ्जालमार्फत् ओलीलाई बहिष्कार गर्ने अभियान नै चलाइरहेका छन् । सञ्जालमा छ्याप्छ्याप्ती पारिएको पोस्टरमा ुओली अब प्रधानमन्त्री होइन, उम्मेदवार बन्न पनि लायक नरहेकोु आशयका नारा लेखिएको छ ।
‘झापा विद्रोह २।०’ नामक समूहले ०७९ को निर्वाचनमा ओलीलाई मत दिएकोमा माफी माग्दै खबरदारी घोषणा गरेको छ । ‘हामी ओलीलाई त्याग्दैछौँ, पात्र मात्र हैन, त्यो अनुत्तरदायी प्रवृत्ति र अहङ्कारी राजनीतिक संस्कारको प्रतिनिधिलाई त्याग्दैछौँ’, लेखिएको छ, ‘फागुन २१ गते हुन गइरहेको निर्वाचनमा खड्गप्रसाद ओली हाम्रो प्रतिनिधि त के उम्मेदवारसमेत अयोग्य रहेको खबरदारीपूर्ण स्वघोषणा गर्दछौँ ।’
संसद पुनर्स्थापनाको रटान लगाइरहेका ओलीले हालसम्म चुनाव लड्नेबारे संकेत गरेका छैनन् । तर, फागुन २१ को चुनावमा उनी झापा(५ बाट उठेमा पहिलेजस्तो सहज अवस्था नरहेको बुझिन्छ । त्यसो त, ०७४ मा माओवादीसँग गठवन्धनका बाबजुत ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग पनि तालमेल गरेका थिए । ०७९ मा पनि एमाले र राप्रपाबीच भोट साटासाट भएको थियो ।
झापा विद्रोहका संस्थापक नेता ओली ुझापा विद्रोह २।०ु बाटै बिदा हुनसक्ने कतिपयको अनुमान छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया