२४ मंसिर २०८२
काठमाडौं- नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा( ५ का बाट ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको पछिल्लो बैठकले पदम पौडेल, खगेन्द्र अधिकारी, अइन्द्र केरुङ, मेदनी सिटौला, देवी दाहाल र मन्दरा चिमोरियालाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
झापा(५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो । ०७९ को आमनिर्वाचनमा काँग्रेसले अधिकारीलाई उम्मेदवार बनाएको थियो । उनी ओलीसँग भारी मतले पराजित भए । ५१ हजार ६१९ मतसहित ओली निर्वाचित हुँदा अधिकारीलाई २३ हजार २३१ भोट परेको थियो ।
तर, यसपटक भने परिस्थिति बदलिएको छ । जेनजी घटनापछि सो क्षेत्रका मतदाताले सामाजिक सञ्जालमार्फत् ओलीलाई बहिष्कार गर्ने अभियान नै चलाइरहेका छन् । सञ्जालमा छ्याप्छ्याप्ती पारिएको पोस्टरमा ुओली अब प्रधानमन्त्री होइन, उम्मेदवार बन्न पनि लायक नरहेकोु आशयका नारा लेखिएको छ ।
‘झापा विद्रोह २।०’ नामक समूहले ०७९ को निर्वाचनमा ओलीलाई मत दिएकोमा माफी माग्दै खबरदारी घोषणा गरेको छ । ‘हामी ओलीलाई त्याग्दैछौँ, पात्र मात्र हैन, त्यो अनुत्तरदायी प्रवृत्ति र अहङ्कारी राजनीतिक संस्कारको प्रतिनिधिलाई त्याग्दैछौँ’, लेखिएको छ, ‘फागुन २१ गते हुन गइरहेको निर्वाचनमा खड्गप्रसाद ओली हाम्रो प्रतिनिधि त के उम्मेदवारसमेत अयोग्य रहेको खबरदारीपूर्ण स्वघोषणा गर्दछौँ ।’
संसद पुनर्स्थापनाको रटान लगाइरहेका ओलीले हालसम्म चुनाव लड्नेबारे संकेत गरेका छैनन् । तर, फागुन २१ को चुनावमा उनी झापा(५ बाट उठेमा पहिलेजस्तो सहज अवस्था नरहेको बुझिन्छ । त्यसो त, ०७४ मा माओवादीसँग गठवन्धनका बाबजुत ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग पनि तालमेल गरेका थिए । ०७९ मा पनि एमाले र राप्रपाबीच भोट साटासाट भएको थियो ।
झापा विद्रोहका संस्थापक नेता ओली ुझापा विद्रोह २।०ु बाटै बिदा हुनसक्ने कतिपयको अनुमान छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया