०१ मंसिर २०८३
काठमाडौं- लावालस्कर बोकेर, अनेकन कार्यक्रममा सहभागी भएर कम्तिमा ४/५ दिन उस्तै परे एक साता सम्मै विदेश घुम्ने पुरानो परम्परा तोड्दै प्रधानमन्त्री बालेन शाहले हालसम्म छोटो भारत भ्रमण गर्ने तयारी गरेका छन् ।
आज जसो जाने भोलि पल्टै स्वदेश फर्किने गरी कार्यतालिका तय गराएका छन् । स्रोतका अनुसार मंसिर ६ गते दिउँसो गएर मंसिर ७ गते साँझसम्ममा स्वदेश फर्किने गरी उनको भ्रमण तालिका तय गरिएको छ ।
भ्रमणबारेमा औपचारिक जानकारी भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइले मंसिर ४ गते पत्रकार सम्मेलन गरेर गराउनेछन् । परराष्ट्रका एक अधिकारीका अनुसार ‘मंसिर ६ गते जाने निश्चित भइसकेको छ, त्यसको औपचारिक घोषणा गर्न मात्र बाँकी छ । भ्रमणको तयारी लगभग पूरा भएको छ, त्यसलाई दुवै देशले अन्तिम रूप दिन बाँकी रहेको छ ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेनको भ्रमण हालसम्मकै सबभन्दा छोटा भ्रमण हुने बताइएको छ ।
निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री बालेन मंसिर ६ गते दिउँसो १ः३० बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नेछन्। भारत भ्रमण सम्पन्न गरी उनी मंसिर ७ गते अपराह्न ४ः२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको छ। यदि यहि कार्यतालिका अनुसार भ्रमण भएमा प्रधानमन्त्रीको दिल्ली भ्रमण करिब २७ घण्टाको मात्रै हुने देखिएको छ।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिन हुने भनिएको थियो, त्यहीअनुसार तयारी पनि चलिरहेको थियो, तर प्रधानमन्त्री आफैँले भ्रमण छोट्याउन आग्रह गरेपछि आजजसो गएर भोलि पल्टै फर्किने गरी भ्रमण तालिका बनाइएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्भवतः नेपालका कुनै पनि प्रधानमन्त्रीको हालसम्मकै सबभन्दा छोटो भारत भ्रमण हुन सक्छ । किन प्रधानमन्त्री बालेनले भ्रमण एक दिनमै सिमित गर्न चाहे रु त्यो भने खुल्न सकेको छैन् । यद्यपी उनको सचिवालय स्रोतका अनुसार लामो समय बसेर अनेकन भेट गर्ने भन्दा मुख्य रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने, महत्वपूर्ण सम्झौताहरु गर्ने र फर्किहाल्ने योजना अनुरुप भ्रमण एक दिनमा सिमित गरिएको हो ।
परराष्ट्रमन्त्री शशिर खनालले सरोकारवाला मन्त्रालयहरूसँग भारत भ्रमणका एजेन्डाबारे छलफल गरी अन्तिम रूपको तयारी थालेका छन् । यसका लागि नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला आफै सक्रिय छन्, उनले मन्त्रीहरूसँग भेटेर एजेन्डाबारे छलफल गरेका छन् । राजदूत दलेलाले सोमबार परराष्ट्रमन्त्री खनालसँग छलफल गरेका छन् । यसअघि परराष्ट्र सचिव राईसँग पनि उनले छललफल गरेका थिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया