१८ असार २०८३
काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सम्पर्क कार्यालय स्थापना गरेको छ । उक्त पक्षले काठमाडौंको चुनदेवीस्थित एक घरमा सम्पर्क कार्यालय स्थापना गरेको र सञ्चालनका लागि सरसफाई भइरहेको नेता प्रकाशशरण महतले बताए ।
“हाम्रो सम्पर्क गर्ने स्थान नै थिएन । अब भने हामी आफैँ मिलेर घर लिएका छौँ । त्यसैमा भेटघाट छलफल गर्नेगरी मिलाएर लिएका हौँ । अहिले सरसफाई हुँदै छ,” बाह्रखरीसित उनले भने, “अब हामी त्यहीँ बसेर छलफल गर्नेछौँ ।”
सम्पर्क कार्यालय स्थापना गर्ने मुख्य प्रयोजन नै भेटघाट र छलफल रहेको उनले स्पष्ट पारे । हाललाई इतरपक्षका नेताहरू मिलेर आर्थिक व्ययभार व्यहोर्ने सहमति भएको पनि उनको भनाइ छ ।
िमहतले भने, “अहिलेसम्म खास त्यस्तो केही भएको छैन । मुख्यतः सभापति र उपसभापति तातिनुपर्ने हो, हामीले अघि सारेका मागका विषयमा केही प्रतिक्रिया छैन ।”
केही दिन कुर्ने र एकखालको निर्णय गरेर अघि बढ्ने इतरपक्षको तयारी छ । सातै प्रदेशमा भेला सकेको उक्त पक्षले अब राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने तयारी गरेको छ । यद्यपि, ‘पर्ख र हेर’को रणनीतिमा छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया