०५ फागुन २०८२
काठमाडौं- मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सबइन्जिनियर प्रमोदकुमार यादवको हत्याको विरोधमा मन्त्रालयका कर्मचारीहरू सांकेतिक आन्दोलनमा उत्रिएका हुन् ।
मलंगवा नगरपालिका–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा बस्दै आएका यादवमाथि हिजो राती अज्ञात समूहले गोली चलाएको थियो । छातीमा गोली लागेका उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यादवमाथि कसले गोली चलाएको हो, अझै ठोस पहिचान हुन सकेको छैन । उक्त पृष्ठभूमिमा यादवको हत्यारा सार्वजनिक गर्न माग गर्दै आज मन्त्रालयका कर्मचारीले ‘पेन डाउन’ गरेका हुन् । घटनाको निष्पक्ष छानविन नहुँदासम्म मन्त्रालयको कामकाज ठप्प पार्ने कर्मचारीको अडान छ ।
उता, प्रहरीले भने गोली चलाउने मान्छेको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको बताएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया