०५ फागुन २०८२
काठमाडौं- मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सबइन्जिनियर प्रमोदकुमार यादवको हत्याको विरोधमा मन्त्रालयका कर्मचारीहरू सांकेतिक आन्दोलनमा उत्रिएका हुन् ।
मलंगवा नगरपालिका–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा बस्दै आएका यादवमाथि हिजो राती अज्ञात समूहले गोली चलाएको थियो । छातीमा गोली लागेका उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यादवमाथि कसले गोली चलाएको हो, अझै ठोस पहिचान हुन सकेको छैन । उक्त पृष्ठभूमिमा यादवको हत्यारा सार्वजनिक गर्न माग गर्दै आज मन्त्रालयका कर्मचारीले ‘पेन डाउन’ गरेका हुन् । घटनाको निष्पक्ष छानविन नहुँदासम्म मन्त्रालयको कामकाज ठप्प पार्ने कर्मचारीको अडान छ ।
उता, प्रहरीले भने गोली चलाउने मान्छेको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको बताएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया