२९ असोज २०८२
काठमाडौं- प्रतिनिधि सभा विघटनपछि छट्पटिएका सभामुख देवराज घिमिरे जेनजी आन्दोलनको हुर्मत लिदै संसद् पुर्नस्थापनाको खेलमा लागेका छन् । जुन खेलको सुरुवात बुधबार प्रतिनिधि सभामा रहेका दलहरुसँग छलफल गरेर गरेका छन् ।
छलफलमा एमाले कांग्रेस, माओवादी केन्द्र राप्रपासहित ६ दल सहभागी थिए भने रास्वपाले बहिष्कार गरेको थियो । जहाँ संसद् पुनस्र्थापनाको पक्षमा एमाले प्रष्ट देखियो भने बाँकीले चुनावी वातावरण खोजे । नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ‘यो निर्णय प्रतिगमन हो,’ उनले भने ।
८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेका स्मरण गर्दै उनले त्यसका लागि धन्यवाद दिए । अब पनि संवैधानिक मार्गबाटै निकास निकाल्नुपर्ने बताए । ‘संसद् पुनस्र्थापना हुनुपर्छ । संसद्लाई जीवित राख्नुपर्छ । सरकारले चुनावको तयारी गरेको छैन,’ उनले भने, ‘वैधानिक संस्थालाई जीवन्त राख्नुपर्छ । यसको न्यायिक परीक्षण हुनैपर्छ । यसमा राजनीतिक दलहरूले दबाब सिर्जना गर्नुपर्छ । सभामुखले भूमिका खेल्नुपर्छ ।’
संसद् पुनस्र्थापनाका लागि राजनीतिक दलहरूले दबाब सिर्जना गर्नुपर्ने भनेर एमालेले साथ खोजिरहँदा अन्य दलले भने त्यसमा प्रष्ट मत दिएनन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए । ‘आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ ।
पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले असंवैधानिक भनिसकेको छ तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन । सर्वोच्चको फैसला सम्मान गर्छ,’ घिमिरेले भने । सर्वोच्च अदालतले पुनस्र्थापना गर्ने निर्णय गरे पनि सम्मान गर्ने घिमिरेको भनाइ थियो ।
माओवादी केन्द्रले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने जनाएको छ । नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको भएको भन्दै भने, ‘हाम्रा कमजोरी के कसो छन् समीक्षा गरौं ।’ निकासका लागि परिस्थिति हेर्नुपर्ने उनको आग्रह छ ।
नेकपा एकीकृत समाजवादीले पनि चुनावकै पक्षमा आफ्नो मत प्रकट गरेको छ । नेता राजेन्द्र पाण्डेले ८ दलले यसअघि नै आफ्ना कुरा राखेको स्मरण गरे । जसमा २२९ जना सांसद रहेको उल्लेख गर्दै उनले थपे, ‘यो अदालतमा पनि पुगेकै होला । यसकारण दलहरू विघटन विरुद्ध छन भन्ने सन्देश् गएकै छ ।’ तथापि, सरकारले चुनावको वातावरण बनाउनुपर्ने उनले बताए । उनका अनुसार सरकारको तीन वटा म्यान्डेड छ । जेनजीसँग वार्ता, शान्ति सुरक्षा र चुनाव । यसमा सरकार केन्द्रित हुनुपर्ने उनको आग्रह छ ।
जनता समाजपादी पार्टी नेपालकी नेता रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताइन् । उनका अनुसार जसपा नेपालले असोज ३ गते नै यस्तो निर्णय लिएको हो । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जेनजीको माग पूरा गर्न संविधान संशोधन हुनुपर्ने बताए । यदि संविधान संशोधन हुने वातावरण बन्छ भने एउटा कुरा नत्र संसद् पुनस्र्थापनाको कुरा गर्न आवश्यक नरहेको सुझाव दिएका छन् ।
एमालेबाहेकका दलहरुले संसद् पुर्नस्थापना जोड नदिएपछि सभामुख देवराज घिमिरे हच्किएका छन् । एमालेबाटै सभामुख भएका उनी संसद् पुर्नस्थापनाका लागि दलहरुको साथ पाए आदालत जाने तयारी गरिरहेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया