०९ चैत २०८२
काठमाडौँ - बागमती प्रदेशमा १० वर्षको अवधिमा विपद्का विभिन्न घटनाबाट १ हजार ३८ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा विगत १० वर्षको अवधिमा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी १ हजार ३८ जनाले ज्यान गुमाएका हुन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार २०७२ देखि २०८२ असार मसान्तसम्म प्रदेशका १३ जिल्लामा १ हजार ३८ जनाको मृत्यु भएको हो भने १८१ बेपत्ता भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा घटेका विपद्का घटनाबाट ६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । मन्त्रालयको प्रतिवेदनअनुसार १० वर्षको अवधिमा प्रदेशभर ६ हजार ८३९ वटा विपद्का घटना भएका छन् । विपद्मा परी २ हजार ३११ जना घाइते भएका छन् भने १६ हजार ६५३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
विपद्का कारण प्रदेशमा ४ हजार ७२७ वटा घर पूर्ण रुपमा नष्ट भएका छन् भने ५ हजार ८९६ वटा घरमा आंशिक क्षति पुगेको छ । जसमा कुल आर्थिक क्षति ६ अर्ब ९५ करोड ४१ लाख ७१ हजार ७१८ रुपैयाँ बराबरको रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा धेरै घटना, चितवनमा धेरैको मृत्यु
तथ्यांक अनुसार सबैभन्दा बढी घटना काठमाडौं जिल्लामा भएका छन् । काठमाडौंमा १० वर्षमा १ हजार ७७८ वटा घटना भएका छन् । मानवीय क्षतिको हिसाबले चितवनमा सबैभन्दा बढी १४९ जना र सिन्धुपाल्चोकमा ११६ जनाको मृत्यु भएको छ । बेपत्ता हुनेको संख्या सिन्धुपाल्चोकमा सबैभन्दा उच्च ९६५ जना० रहेको छ ।
जिल्ला अनुसार मृत्यु हुनेमा काभ्रेमा ११९ जनाको विभिन्न विपद्को घटनामा परेको मृत्यु भएको छ भने काठमाडौँमा ११३ जना, मकवानपुरमा ११२ जना, धादिङमा ९० जना, ललितपुरमा ७८ जना, सिन्धुलीमा ६८ जना, रसुवामा ५३ जना, दोलखामा ४४ जना, रामेछापमा ४१ जना, नुवाकोटमा ३६ जना, भक्तपुरमा १९ जनाको मृत्यु भएको छ ।
विगत १० वर्षमा विपद्का विभिन्न घटनामा परी कुल २ हजार ३११ जना घाइते भएका छन् । तथ्यांक अनुसार काठमाण्डौ जिल्लामा सबैभन्दा धेरै ९४४७ जना० घाइते भएका छन् भने रामेछाप जिल्लामा सबैभन्दा कम ९६६ जना० घाइते भएको देखिन्छ । जसमा काठमाडौँमा ४४७ जना, मकवानपुरमा ३९१ जना, चितवनमा ३१७ जना, काभ्रेमा १६८ जना, सिन्धुलीमा १५१ जना, धादिङमा १३७ जना, सिन्धुपाल्चोकमा १३३ जना, ललितपुरमा १२६ जना, भक्तपुरमा ११७ जना, दोलखामा ९३ जना, नुवाकोटमा ८७ जना, रसुवामा ७८ जना र रामेछापमा ६६ जना रहेका छन् ।
आगलागी धेरै, पहिरो घातक
घटनाको प्रकृति हेर्दा १० वर्षमा सबैभन्दा धेरै आगलागीका ४ हजार २३ वटा घटना भएका छन् । जसमा १८० जनाको मृत्यु भएको छ भने ५ अर्ब ४२ करोडभन्दा बढीको क्षति भएको छ । तर मानवीय हिसाबले पहिरो सबैभन्दा घातक देखिएको छ ।
प्रदेशमा ९२८ वटा पहिरोका घटनामा परी ४६७ जनाले ज्यान गुमाएका छन् भने १०७ जना बेपत्ता भएका छन् । ३४१ वटा बाढीका घटनामा १०० जनाको मृत्यु भएको छ भने १ अर्ब १९ करोडको क्षति भएको छ । चट्याङका कारण ११४ जना र जनावर आतंकबाट ७३ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयको यो तथ्यांक अनुसार ग्रामीण तथा पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम उच्च रहेको देखिन्छ । प्रदेशमा आगलागीका घटना ४ हजार २३ वटा भएका छन् भने पहिरोका ९२८ वटा, चट्याङका ३७२ वटा, जंगल आगलागीका ३५६ वटा, बाढीका ३४१ वटा, जनावर आतंक ३३८ वटा, भारी वर्षाका २५८ वटा, हावाहुरीका १०४ वटा, भूकम्प, सर्पदंश, हवाई दुर्घटना आदि १०९ वटा भएका छन् ।
निजी आवास पुनर्निर्माणमा १६ करोड बढी खर्च
मन्त्रालयले प्रदेशमा विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माणका लागि आफ्नो सक्रियता बढाएको जनाएको छ । मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रालयले बाढीपहिरो र आगलागी पीडितका लागि राहतदेखि एकीकृत कमाण्ड पोष्टको स्थापनासम्मका महत्त्वपूर्ण कार्यहरु सम्पादन गर्दै निजी आवास पुननिर्माणमा मन्त्रालयले काम गरेको छ ।
मनसुनजन्य र आगलागीबाट प्रभावितहरूको निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि लागत साझेदारीमा मन्त्रालयले १६ करोड ५७ लाख ५ हजार रुपैयाँ प्रदान गरेको उनले बताइन् । त्यसबाहेक मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तहहरुलाई २ करोड ३० लाख रुपैयाँ उपलब्ध गराइएको छ भने जोखिममा रहेका बस्ती संरक्षण र पूर्वाधार मर्मतका लागि ३० वटा स्थानीय तहलाई ७ करोड ९० लाख दिने निर्णय भएकोमा हालसम्म ३ करोड ८५ लाख निकासा भइसकेको उनले बताइन् ।
प्रदेशका १३ वटै जिल्ला विपद् व्यवस्थापन कोषमा तत्काल प्रतिकार्यका लागि प्रतिजिल्ला ५ लाखका दरले ६५ लाख रुपैयाँ निकासा गरिएको उनले बताइन् । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरू, सुरक्षा निकाय र स्थानीय तहहरूलाई विपद् राहत सामग्री हस्तान्तरण गरेको छ ।
मन्त्रालयले विपद्को समयमा छिटो र छरितो कार्य गर्न ‘युनिफाइड कमान्ड टिम’ र ‘मनसुन प्रतिकार्य कमाण्ड पोष्ट’ स्थापना गरेको छ भने स्थानीय तहहरूमा विपद्मा खटिनका लागि स्वयंसेवक समूहहरु गठन गरिएको छ । क्षमता विकासका लागि विभिन्न तालिम, सचेतनामूलक कार्यक्रम र नारायणी नदी लगायतका स्थानमा कृत्रिम अभ्यास सञ्चालन गरिएको छ । हेटौँडा र नुवाकोट तथा काभ्रेमा प्रदेश गोदामघरहरु निर्माण गरी राहत तथा उद्धार सामग्रीको खरिद र भण्डारण सुदृढ बनाइएको सूचना अधिकारी कार्कीले बताइन् ।
विपद् व्यवस्थापन स् बजेटमा उपेक्षादेखि दक्ष जनशक्तिको अभाव
विपद्का कारण ठुलो क्षति व्यहोर्दै आएको बागमती प्रदेशमा विपद् व्यवस्थापनका कार्यहरु अझै चुनौतीपूर्ण देखिएका छन् । मन्त्रालयका अनुसार नीतिगत, प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा समस्याहरु देखिएको हो ।
मन्त्रालयका अनुसार विपद् व्यवस्थापनका लागि सबैभन्दा ठुलो अवरोध बजेट निर्माणको प्रक्रियामा देखिएको छ । वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा विपद् व्यवस्थापनलाई प्राथमिकतामा नराखिने र निर्माण कार्यहरु गर्दा विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलतालाई ध्यान नदिने प्रवृत्ति छ ।
मन्त्रालयकी सूचना अधिकारी कार्कीका अनुसार विपद् व्यवस्थापन प्रणाली ‘प्रतिक्रियात्मक’ मात्र भइरहेको र विपद् जोखिमको पूर्व आकलन र पूर्व तयारीमा लगानी हुन सकेको छैन । घटना घटिसकेपछि गरिने ‘प्रतिकार्य’ मा मात्र बढी केन्द्रित हुँदा क्षतिको मात्रा बढेको उनको भनाइ छ । विपद् जोखिमको वित्तीय व्यवस्थापनका लागि ‘बीमा’ गर्ने परिपाटीको अभाव पनि टड्कारो देखिएको उनले बताइन् ।
विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावले थप समस्या देखिएको उनको भनाइ छ । जोखिमयुक्त क्षेत्रको पहिचान र जोखिम विश्लेषणका लागि भूगर्भविद् लगायतका प्राविधिक जनशक्ति, प्रदेशभर भएका विपद्का घटना र गरिएका कार्यहरूको एकीकृत विवरण राख्ने प्रणाली र त्यसमा पहुँचको अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको उनले बताइन् ।
विपद्को समयमा आवश्यक पर्ने राहत र उद्धार सामग्रीको मौज्दात तनथा खाद्यान्न, गैर–खाद्यान्न सामग्री र उद्धारका आधुनिक उपकरणहरुको अभाव रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विपद् व्यवस्थापनका लागि तोकिएका विभिन्न विषयगत क्षेत्रहको क्रियाशीलतामा कमी र सरकारी निकायहरूबिच प्रभावकारी समन्वय र सहकार्य हुन नसक्नुले व्यवस्थापनलाई थप जटिल बनाएको छ ।
भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
ट्रेड युनियन अधिकार नखोस्न कर्मचारी संगठनहरूको आग्रह, सरकारसँग राखे यस्ता माग
६ तस्वीरमा खुलामञ्चको सौन्दर्य
गगन थापाप्रति उदार बने रवि–बालेन, कांग्रेसलाई दिए लेखा समितिको सभापति
बालेन बने विश्व चर्चित अनुहार , भारतदेखि बंगलादेशसम्म जयजयकार
धनगढी उपमहानगरले गर्यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना
प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल
बालेन र बालेन सरकारप्रति अमेरिकी चासो
जिम्मेवारीमा भएकाले लचिलो र विनम्र छु, यसलाई कमजोरी नठान्नुहोला : गगन थापा
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
प्रतिक्रिया