२९ पुस २०८२
काठमाडौं - नेपाल राष्ट्र बैंकले एकपछि अर्को ऋणपत्र निष्कासन गरिरहेको छ ।
यही क्रममा मंगलबार ९पुस २९० मा पनि एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो ।
यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
यसको सावाँ आगामी २०८३ पुस २९ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात ९सीआरआर०मा गणना गर्न पाइनेछैन ।
तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।
ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो ।
त्यस्तै, पुस १६ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ निष्कासन गरेको थियो ।
त्यस्तै, पुस २० मा २५ अर्बकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ र पुस २२ मा २५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरेको थियो ।
त्यसैगरी पुस २३ मा पनि २० अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गरिसकेको छ ।
पुस २४ मा एकवर्षे अवधिका ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘च’ अन्तर्गत १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।
हिजो ९पुस २८० पनि एकवर्षे अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘छ’ २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया