०३ भदौ २०८२
काडमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार विराटनगरस्थित नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको छ। उनी सोमबार नै विराटनगर आइपुगेकी थिइन् भने आज दिउँसो पान्चालीस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
तर, भण्डारीको कार्यक्रमलाई लिएर एमालेभित्र विवाद देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त कार्यक्रममा असहयोग देखाउँदै कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको छ। ओली पक्षले पार्टीले कुनै औपचारिक कार्यक्रम तय नगरेको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई सचेत गराएको छ।
एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत कुनै कार्यक्रम नराखिएको स्पष्ट पार्दै कार्यकर्तालाई भ्रममा नपर्न आह्वान गरेका छन्।
यसैबीच, भण्डारी निकट नेताहरूले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेताहरूले कार्यकर्तालाई फोन गरेर कार्यक्रममा सहभागी नहुन दबाब दिएको आरोप लगाएका छन्। मोरङ र विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको बलियो पकड रहेको बताइन्छ।
यो भेटघाटले एमालेभित्रको गुटबन्दी र आन्तरिक शक्ति संघर्षलाई झनै सतहमा ल्याएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया