०८ चैत २०८२
काठमाडौं - इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।
विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै गएको र सर्वसाधारणमा त्रासको अवस्था देखिएको छ । त्यहाँ रहेका नेपालीहरू हालसम्मको अवस्थामा सुरक्षित रहेपनि बढ्दो आक्रमणबाट त्रसित देखिएका छन् । उनीहरूमा सुरक्षा चिन्ता बढ्दै गएको हो ।
एनआरएनए आईसीसी सदस्य अलि महम्मद मियाँका अनुसार विगतको तुलनामा हिजोबाट बढी मात्रामा क्षेप्यास्त्र आक्रमण भइरहेका छन् ।
दक्षिणी शहर अराद, उत्तरी क्षेत्र दिमोना तथा राजधानी क्षेत्र तेल अविवमा लगातार मिसाइल आक्रमण भएका छन् । इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली पहिलेको तुलनामा कमजोर देखिएको छ ।
आज बिहान मात्रै तेल अविव क्षेत्रमा पटक–पटक आक्रमण भएको थियो । विशेषगरी रामत गान र पेटाह टिक्वा लगायतका स्थानमा मिसाइल खसेका छन्, जसबाट कम्तीमा केही व्यक्ति घाइते भएका छन् ।
लगातार क्षेप्यास्त्र आइरहेपनि हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी नआएको मिँयाको भनाइ छ । तर अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएको बताए ।
इजरायलमा अधिकांश घर तथा कार्यस्थलमा बंकर ९सेल्टर० व्यवस्था भए पनि सबै नेपालीले समान रूपमा त्यसको उपयोग गर्न नपाएको गुनासो छ । विशेषगरी वृद्ध तथा अशक्त व्यक्तिको हेरचाह गर्ने काममा रहेका नेपालीहरूलाई साइरन बजेपछि तत्काल सेल्टरमा जान कठिन हुने गरेको बताइएको छ । रोजगारदातालाई छाडेर आफैं सुरक्षित हुन जान पनि सम्भव हुँदैन । त्यस्तो अवस्थामा नेपाली नेपाली केयरगिभरहरू जोखिममा पर्ने देखिन्छ ।
इजरायलमा साइरन बज्नु अघि करिब १० मिनेटअघि चेतावनी सन्देश आउने र त्यसपछि एक मिनेटभित्र नजिकको बंकरमा पुग्नुपर्ने व्यवस्था रहेको छ । तर व्यवहारमा सबैका लागि यो सहज नहुने उनीहरूको अनुभव छ ।
लगातार बढ्दो आक्रमणका कारण सर्वसाधारण तथा नेपालीहरूमा त्रास फैलिएको छ र यदि युद्ध लामो समयसम्म लम्बियो भने स्थिति झन् जटिल बन्नेछ ।
गैर आवासीय नेपाली संघ ९एनआरएनए० इजरायलले त्यस्तो समस्यामा परेका नेपालीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । इजरायल–इरान युद्ध अत्यन्तै विषम अवस्थामा पुगेको भन्दै इजरायलमा रहेका नेपालीहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो । कुनै समस्यामा परेको खण्डमा एनआरएनलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया