२६ असोज २०८३
काठमाडौं- नेपालको एकमात्र अन्तर्राष्ट्रिय खर्बपति व्यवसायी– यति भन्ने बित्तिकै सायद तपाईंले चिनिसक्नुभयो, यी विनोद चौधरी नै हुन् १ हो, चौधरी ग्रुपका अध्यक्ष चौधरी अब उद्योगी र अर्बपति मात्रै रहेनन्, उनी मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको पदाधिकारी बनेका छन्। त्यो पनि सभापति र वरिष्ठ उपसभापति पछिको शक्तिशाली उपसभापति ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समावेशी तर्फको उपसभापति पदको चुनावी नतिजाले सम्पूर्ण राजनीतिक वृत्तलाई चकित बनाएको छ। खर्बपति व्यापारी विनोद चौधरी १,७४५ मत प्राप्त गर्दै कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका कांग्रेसका पुराना र स्थापित नेताहरू— जीवन परियार ९१,६५८ मत०, रञ्जित कर्ण, फरमुल्लाह मन्सुर र सीता गुरुङ जस्ता नेताहरू चौधरीसँग पराजित भएका छन्।
दशकौँसम्म भ्रातृ संस्था र पार्टीको तल्लो तहबाट जीवन अर्पण गरेका पुराना निष्ठावान् नेताहरूलाई पछाडि पार्दै चौधरीले पार्टी सभापति र वरिष्ठ उपसभापतिपछिको तेस्रो शक्तिशाली कुर्सी कब्जा गरेका छन् । पञ्चायत कालमा दरबारसँग निकटता, बहुदलपछि एमालेसँग साँठगाँठ र संविधान जारी भएपछि कांग्रेस छिरेका चौधरीले दशकौँसम्म रगत–पसिना बगाएका पुराना कांग्रेसीहरूलाई पाखा लगाउँदै कांग्रेसको सर्वोच्च उपसभापति पद हत्याएका छन्। पैसा र कर्पोरेट प्रभावका बलमा राजनीति कब्जा गर्ने यो खेलले ’पुस्तान्तरण र रूपान्तरण’ भनिएको नयाँ कांग्रेसभित्र झन् ठूलो चिन्ता र बहस सिर्जना गरिदिएको छ।
को हुन् राजनीतिक रूपमा विनोद चौधरीरु र कसरी भयो उनको अप्रत्याशित उदय ?
चौधरी ग्रुपका अध्यक्ष चौधरीको राजनीतिक निष्ठा कुनै एउटा विचार वा सिद्धान्तसँग कहिल्यै जोडिएनः
पञ्चायत कालः तत्कालीन राजा र दरबारसँग नजिक रहेर व्यापारिक लाभ लिएका चौधरी,
बहुदल र २०६४ संविधानसभाः नेकपा एमालेका तत्कालीन नेतृत्वसँग साँठगाँठ गर्दै एमालेको कोटाबाट पहिलोपटक समानुपातिक सांसद बने।
२०७४ को निर्वाचन अघिः एमाले त्यागेर एकाएक नेपाली कांग्रेस प्रवेश गरे र सोझै कांग्रेसको समानुपातिक कोटाबाट पुनः प्रतिनिधि सभा सदस्य बने।
१० वर्षअघि मात्रै कांग्रेस प्रवेश गरेका चौधरीले १४औँ महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्य जितेका थिए भने अहिले सोझै उपसभापति पड्काउन सफल भएका छन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नवलपरासीबाट प्रत्यक्ष निर्वाचित भएका चौधरीलाई ०८२ फागुनको चुनावमा भने आम जनताले नराम्ररी अस्वीकार गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विक्रम खनालसँग फराकिलो मतान्तरले पराजित भएका चौधरीलाई जनताले चुनावमा हराए पनि कांग्रेसका प्रतिनिधिहरूले भने पार्टीको दोस्रो वरीयताको उपसभापतिमा पु¥याएका छन्।
यसअघि अर्बपति व्यवसायी उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाएको कांग्रेसले अब खर्बपति विनोद चौधरीलाई उपसभापति बनाएपछि पार्टीभित्र व्यापरी र कर्पोरेट घरानाको दबदबा कुन हदसम्म बढेको छ भन्ने प्रस्ट हुन्छ। दशकौँदेखि सिद्धान्त र निष्ठाको राजनीति गर्दै आएका पुराना कांग्रेसी कार्यकर्ताहरू निराश बनेका छन् भने ’नयाँ र बदलिएको कांग्रेस’ पुरानोभन्दा झनै खतरनाक र नवधनाढ्यहरूको कब्जामा जाने हो कि भन्ने गम्भीर चिन्ता उब्जिएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया