१६ कात्तिक २०८३
काडमाडौं– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो ।
सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
‘मिडियामाथिको धरपडक, अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा गएर दिएको राष्ट्रियताविरोधी अभिव्यक्ति, न्यायालयमा सरकारकै संरक्षणमा भएको बिचौलियाको बिगबिगी, बाढी प्रभावितको पुनस्र्थापना र प्रभावित क्षेत्रका विकास पूर्वाधारको पुनःनिर्माणलगायत राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न यथाशीघ्र संघीय संसदको बैठक बोलाउन माग गर्ने निर्णय भएको छ’, दुलालले भने ।
बैठकले शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही माग गरेको छ ।
बैठकमा कांग्रेससहित एमाले, नेकपा, राप्रपा, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाका प्रतिनिधि सहभागी थिए ।
कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र कमला पन्त, एमालेबाट उपनेता पद्माकुमारी अर्याल तथा नेकपाबाट वर्षमान पुन, प्रमेश हमाल र प्रमुख सचेतक दुलाल सहभागी थिए ।
त्यस्तै राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली र लोसपाबाट अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा उपस्थित थिए । जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाको प्रतिनिधित्व राष्ट्रिय सभामा मात्र छ ।
बैठकमा कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले निजी क्षेत्र, कर्मचारी र सञ्चार क्षेत्रलाई तर्साउने गरी सरकारका तर्फबाट भइरहेका गतिविधि तथा न्यायालयमा देखिएका विकृतिबारे विपक्षी दलहरूको एउटै आवाज हुनुपर्ने बताएका थिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया