०९ माघ २०८२
काठमाडौं- अध्ययन बिदामा विदेश गएर नफर्किने वैज्ञानिकहरूको नाममा सरकारले पूर्जी काटेको छ । राज्य कोषबाट पढ्न विदेश पुगेकाहरु उतै हराएपछि सार्वजनिक सूचना निकालेर खोजी गर्न थालिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्ले अध्ययन बिदा सकिएपछि पनि कार्यालयमा अनुपस्थित सात जना वैज्ञानिक र चार जना कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ । स्पष्टीकरणमा सेवाबाट निकाल्न नपर्ने कारण र प्रमाण पनि उल्लेख गर्न परिषद्ले भनेको छ ।
‘अध्ययनमा रहँदा तपाईँउपर परिषद्ले लगानी गरेको सम्पूर्ण रकम असुलउपर गर्नेगरी नेपाल कृषि अनुसन्धान परिषद्को मिति २०८१–१२–३१ म बसेको ६६ औं बैठकको निर्णयानुसार अध्ययन बिदामा जाँदाको तपसिलमा उल्लिखित मितिबाट नै लागु हुनेगरी नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने रु नगर्नुपर्ने कुनै कारण र प्रमाण भए यो सूचना प्रकाशित मितिले १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन।’,सूचनामा भनिएको छ ।
स्पष्टीकरण सोधिनेमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रका वैज्ञानिक अच्युत मिश्र, कृषि अनुसन्धान निर्देशनालयका नविनकुमार टंगाल, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका होमन रेग्मी, राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका सञ्जिव गौतम, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका देवराज चालिसे, राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रकी प्रतिष्ठा अधिकारी, राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका दिनेशबाबु मगर रहेका छन् ।
कर्मचारीतर्फ कृषि अनुसन्धान केन्द्रका डा।सुमन कार्की, राष्ट्रिय अनुसन्धान केन्द्रका उज्जवल सुवेदी, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका अतित पराजुली र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानकी अस्मिता श्रेष्ठलाई स्पष्टीकरणसहित हाजिर हुन भनिएको छ । तोकिएको समयमा नआएमा कारबाही गर्ने चेतावनी दिइएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया