०६ जेठ २०८३
बालेनको विरोधमा हरेक दिन हर्कको तमासा ,संसदलाई बनाए माइतिघर, अब सभामुखले नछाड्ने
काठमाडौं- बालेनको विरोध गर्नु नै धर्म हो, सरकारको खेदो खन्नु नै कर्म हो भने झै गरेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सडकमै जस्तोगरी संसदमा दिनहुँ तमासा देखाउन थालेका छन् । सडकमा प्ले कार्ड देखाएर प्रदर्शन गरे झै गरेर जेठ ४ गतेदेखि लगातार तीन दिन हर्कले संसदमा प्ले कार्ड देखाउँदै पर्दशन गरिरहेका छन् । संसद बैठकलाई नै माइतिघर बनाउन खोजिरहेको छन् ।
सभामुखले सम्झाए पनि, चेतावनी नै दिएपनि सडकमै झै तमासा देखाउँदै आएका हर्क र उनको पार्टी श्रम संस्कृतिका सांसदहरुले बुधबारको प्रतिनिधि सभा बैठकमा पनि प्लेकार्ड प्रदर्शन गरेका छन् । संसद बैठक सुरु भएलगत्तै संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरु आआफ्नो स्थानबाट उठेर प्लेकार्ड प्रदर्शन गरेका थिए । र, प्लेकार्डमा लेखिएका नारा पढेका थिए । प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ ।
ताकी नीति तथा कार्यक्रम संसदबाट पारित नै भै सकेको छ । जे मा पनि विरोध गर्ने र बखेडा झिक्ने हर्क र उनको पार्टीले निरन्तर संसद्मा तमासा देखाउदै आएको छ । संसदलाई माइतिघसरकारले बर्बाद नै गर्यो, मैले विरोध नगरे सबे सखापै हुन्थ्यो झै गरेर प्रस्तुत हुँदै आएका हर्क संसदमा प्रस्तुत हुँदै आएका छन् ।
बुधबार पनि संसदमा विरोधमा उत्रिएका श्रम संस्कृति पार्टीका सांसदहरुले पालैपालो प्लेकार्डमा लेखिएको नारा पढेर सुनाए । संसदीय सर्वोच्चता कायम गर, विधिको शासन लागु गर, प्रतिपक्षको आवाज दबाउन पाइँदैन, बोल्ने समय वृद्धि गर, सुकुमवासीलाई बाँच्न दे, सहकारी पीडितलाई न्याय दे, विदेशी ऋण बन्द गर, स्वदेशी अर्थतन्त्रको विकास गर लगायतका नारा पढेर सुनाएका थिए ।
प्लेकार्ड प्रदर्शनलाई आज पनि निरन्तरता दिएपछि सभामुख डीपी अर्यालले त्यसो नगर्न चेतावनी दिएका छन् । सभामुख अर्यालले भने, ‘हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादाविपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।’
सभामुखले चेतावनी दिएपछि हच्किएका हर्कले प्लेकार्ड राखे पनि उठेर विरोध गर्न भने छाडेनन् । हदै गरेपछि सभामुखले उनलाई २ मिनेट बोल्न समय दिए । तर, हर्कले बोलि नसक्दै फेरि उनकै पार्टीका अर्का सांसद आरन राईले फेरि रमिता देखाए । उभिएर विरोध गरेपछि सभामुखले बस्न भन्दै बैठक अघि बढाए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया