०६ असोज २०८२
काठमाण्डौ – देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँको सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिकाको वडा ४ बरुण र मकालु गाउँपालिकाको वडा ३ एकुवामा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
यसैगरी, बाग्मती प्रदेशको रसुवा गोसाइकुन्ड गाउँपालिका वडा २ को नेपाल चीन नाका जोड्ने पुल पूर्ण रूपमा बन्द छ । नेपाल चीन नाका जोड्ने यो सडक बाढीका कारण गएको असार २३ गतेदेखि अवरुद्ध छ ।
पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड वडा २ कै बालुवाखानीमा पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । साथै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ को कोदारी सडक पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया