१६ असोज २०८३
काठमाडौं- शेरबहादुर देउवासहितका बुढा नेता पाखा लाग्दा, ‘दाइ–दिदी’ संस्कृतिको बलियो विरासत भत्किदा युवामय बनेको कांग्रेसको भावि सभापति को हो रु? जवाफ करिव प्रष्ट छ– गगन थापा । तर, १४ औं महाधिवेशनमा तिनै गगन थापासँगै विश्वप्रकाश शर्मा निर्वाति भएको महामन्त्री पदमा यसपटक कसले बाजी बार्ला ? धेरैको चासो र हानाथापा पनि यसपटक यी २ महामन्त्री पदमा देखिएको छ ।
महाधिवेशनको सरगर्मी बढ्दै जाँदा, नेताहरुले आ–आफ्नो ढंगले तयारी अघि बढाइरहदा एउटा उपसभापतिमा विश्वप्रकाश शर्मा करिव निश्चित हुँदा अर्को उपसभापतिमा विशेष महाधिवेशनबाट उपसभापति बनेकी पुष्पा भुसाल नै अघि सरेकी छिन्। महालक्ष्मी उपाध्याय डीना, डा चन्द्र भण्डारी लागायत अन्य केहि नेताले आंकाक्षा राखे पनि उपसभापतिमा खासै पेचिलो प्रतिस्पर्धा हुने देखिएको छैन्।
तर,सबैभन्दा कडा प्रतिस्पर्धा भने महामन्त्रीमा हुने देखिएको छ। वर्तमान पदाधिकारीमा महामन्त्रीद्वय प्रदिप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीद्वय उदयशम्शेर राणा र बहादुरसिंह लामा महामन्त्रीका आकांक्षी छन्। नेताहरू रंजित कर्ण, नैनसिंह महर, देवराज चालिसे, मधु आचार्य, डा सुनिल शर्मा, अमरसिंह पुन, आङगेलु शेर्पा लगायतको महामन्त्रीमा दाबी छ।
आफ्नो दाबेदारी प्रस्तुत गर्दै नेताहरु लविङमा हिडिरहदा केही नेता भने आफ्नो ग्राउन्डमै उत्रिएका छन् । इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका, नेपाल विद्यार्थी संघ हाकेका, संविधान सभाको सदस्य बनेका र हाल राष्ट्रिय सभा सदस्य रहेका रञ्जित कर्ण आफ्नो क्षेत्र सप्तरी २ मा मात्रै होइन पुरै मधेश जगाउने अभियानमा दौडिरहेका छन् । कांग्रेसको मुख्य जग मानिने मधेशमै कांग्रेस कमजोर हुँदा उनी कांग्रेसको सुक्न लागेको रुखमा हरियाली फर्काउन कस्सीएका छन् । सप्तरी २ मा २० वर्षदेखी विवादका कारण कहिल्यै मिल्न नसकेको कांग्रेसलाई यसपटक कर्णले मिलाएका मात्रै छैनन् । सर्वसहमत नेतृत्व छानेका छन् ।
उनै कर्ण अहिले महामन्त्री बन्ने दौडमा छन् । उनलाइ टक्कर दिन आधा दर्जनभन्दा धेरै नेताहरु पनि आफ्नो ढंगले तयारी गरिरहेका छन् । त्यसैले १४ औं महाधिवेशनमा जस्तै यसपटक पनि महामन्त्री को बन्छ भन्ने कुराले सबैको ध्यान खिचेको छ । सहमहामन्त्रीमा अधिकांश सहमहामन्त्री र निवर्तमान सहमहामन्त्रीको दोहोरिने आकांक्षा देखिन्छ। निवर्तमान सहमहामन्त्री महेन्द्र यादव, जीवन परियार फेरि सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्। नयाँ विधान अनुसार कांग्रेसमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १७ जना पदाधिकारी हुने व्यवस्था छ। जसमा १३ जना पदाधिकारीको मात्र निर्वाचन हुने छ। सभापतिले केन्द्रीय सदस्य मध्येबाट तीन सहमहामन्त्री मनोनयन गर्न पाउने नयाँ व्यवस्था गरिएको छ।
पदाधिकारीका लागि रस्साकस्सी चलिरहदा कांग्रेसमा युवाको आकर्षण भने लोभलाग्दो देखिएको छ । गाउँदेखि वडासम्ममा १ लाख युवा कांग्रेसको महाविधेशनमा चुनावी मैदानमा उत्रिएका छन् भने ४४ हजार युवाले पदिय जिम्मेवारी पाएका छन् ।
वडा कार्यसमितिमा कम्तीमा १० हजार २७१ युवा छानिएका छन् भने क्षेत्रीय प्रतिनिधिमा कम्तीमा ३३ हजार ७१५ युवा चयन भएका छन् । यसरी कुल ४३ हजार ९८६ जना युवाले १५ औं महाधिवेशन हुँदै गर्दा पदीय जिम्मेवारी पाएका छन्। वडा र पालिका अधिवेशन सकिएर क्षेत्रीय अधिवेशन अन्तिम चरणमा पुग्दा कांग्रेसको संगठनमा नयाँ ऊर्जा र रक्तसञ्चार छाएको छ। नारामा सीमित हुने गरेको पुस्तान्तरणलाई संगठनको जगैदेखि संस्थागत गर्ने कांग्रेसको यो कदमले अन्य परम्परागत दलहरूलाई पनि दबाब दिएको छ।
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया